logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीमा ३२ जना एसईई परिक्षामा अनुपस्थित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

लक्ष्मी अर्याल, गुल्मी चैत्र १०।
आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसर्ईई) मा गुल्मी जिल्लामा ३२ जना विद्यार्थी अनुपस्थित भएका छन् । आजदेखि सुरु भएको एसर्ईई परिक्षामा गुल्मी जिल्लामा ५ हजार ९३ जना विद्यार्थी एसईईको परिक्षामा सहभागी हुनपर्नेमा ३२ जना अनुपस्थित भएको शिक्षा बिकास तथा समन्वय इकाई गुल्मीले जनाएको छ ।शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थानेश्वर घिमिरेका अनुुसार १४ जना छात्रा र १८ जना छात्रले परिक्षा नदिएको बताइएको छ । आज अंग्रेजी विषयको परिक्षा शान्तिपुर्ण तरिका बाट सम्पन्न भएको घिमिरेको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend