logo
  • सोमबार, असोज १२ २०८३

मगर गुठीलाई मगर संघ, शाखा कतारको आर्थिक सहयोग


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

महेन्द्र थापा मगर, चितवन।
“सम्पुर्ण मगरहरुको एकता अहिलेको आवश्यकता “ भन्ने मुल नाराको साथमा ३० जुन सन् २००० मा स्थापना भएको नेपाल मगर संघ, शाखा कतारले नेपालमा समय समयमा सामाजिक कार्यहरुमा सहयोग गर्दै आई रहेको छ ।
गत शनिवार मिति ९ चैत्र २०७५ का दिन पनि चितवन जिल्ला स्थित खैरहनी न.पा. वडा नं १ मा निर्माण हुन गैरहेको नेपाल मगर संघ, मिनाम गोराक मगर गुठिको मगर भवन निर्माणका लागि संघको मातहतमा रहेको सनैया ए एरिया समिति तथा एरियाका अध्यक्ष रेशम आले मगर, संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर र दोहा एरिया समितिका पुर्ब सदस्य भरत थापा मगरको विशेष पहलमा सहयोग रकम संकलन गरि गुठीका अध्यक्ष दिल कुमार थापा मगरलाई हस्तान्तरण गरेको छ ।
गुठीका अध्यक्ष दिल कुमार थापा मगरको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा संघका प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको प्रमुख आतिथ्यमा, नेपाल मगर संघ, जिल्ला समिति चितवनका सदस्यहरु, खैरहनी नगर समितिका पदाधिकारीहरु तथा गुठीका सदस्यहरु को रहोवरमा रकम रु. ६२३२१ (बैसठ्ठी हजार तिन सय एक्काईस रुपयाँ) हस्तान्तरण प्रमुख सल्लाहकार महेन्द्र थापा मगरको हातवाट भएको थियो । भने अझै पनि रकम संकलन कार्य भईरहेको पनि जानकारी दिनु भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले प्रवासमा एक एक गरि संकलन गरिएको रकम सहि ठाउँमा सदुपयोग गर्न पाउँदा धेरै खुशी लागेको र गुठीका लागि रकम दिएर सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनु भएको थियो । नेपाल या प्रवासमा जहाँ रहे पनि नेपाल र नेपाली संस्कृतिको साथमा मगरहरुको भेष भुषा, भाषा, लिपि, कला संस्कृति तथा संस्कारको संरक्षण संबद्र्धन गर्दै बैचारिक रुपमा अगाढी बढी ५ नं प्रदेशलाई मगरात प्रदेशको नामाकरणका लागि सबै चितवनका मगरहरु संग एकजुट भै शान्तिपूर्ण आन्दोलनमा सामेल भई जिल्ला सि.डि.ओ. कार्यलायमा धर्ना दिनका लागि आहवान् पनि गर्नु भएको थियो ।

अन्तमा, सभापतिद्धारा कार्यक्रम समापन गर्दै उक्त भवन निर्माणका निमित्त ४० लाख बराबरको रकमको आवश्यकता भएको र यसका लागि नगर समितिवाट पनि रकम फच्र्यौट हुने सम्भावना रहेको र अन्य नेपाली मनहरुमा पनि सहयोगको लागि हार्दिक अनुरोध गर्दै नेपाल मगर संघ, दोहा कतारलाई धन्यवाद दिंदै समापन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend