साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी आषाढ २८।
पीपलधारा गाविस ८ की १८ बर्षिया सीता मुखिया र ३८ बर्षिय बेल बहादुर मुखियाको सामुहिक हत्या गर्ने ३ जनालाई असार २६ गते जन्मकैदको फैसला भएको छ ।

०७२ साउन ७ गते काकी भतिजीको हत्या गर्ने पीपलधारा ८ का ४६ बर्षिय नारायण मुखीया, २१ बर्षिय वासुदेव जिसी र पिपलधारा ५ का ४२ बर्षिय विष्णु मुखीयालाई जिल्ला अदालत गुल्मीले जन्म कैदको फैसला गरेको जिल्ला अदालत गुल्मीका श्रेस्तेदार श्याम विहारी मौर्यले बताए ।
आरोपितले ०७२ साउन ७ गते राती ११ वजे वेल वहादुरलाई काठको दाउराले टाउकोमा प्रहार गरी र सीताको मुख थुनेर हत्या गरेकाले मुलुकी ऐनको ज्यान सम्वन्धी महलको १३ (३) अनुसार उनीहरुलाई जिल्ला न्यायधिस मातृका प्रसाद मरासीनिको इजलासले जन्म कैदको फैेसला गरेको विहारीले जानकारी दिए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend