साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत्र ८ ।
बडिगाड गाउँपालिकामा सामाजिक विकृति, विसंगती तथा कुरीति अन्त्यका लागि सामाजिक अभियान अन्तर्गत २८ वुँदे सामुहिक प्रतिवद्धता घोषणा गरिएको छ। बडिगाड गाउँकार्यपालिकाको आयोजनामा ग्वालीचौरमा जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख सहित स्थानियको संयुक्त भेलामा प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले सो २८ वुँदे प्रतिवद्धता घोषणा गर्नुभएको हो।

सो प्रतिवद्धतापत्रमा घरेलु तथा लैगिंक हिँसा अन्त्य गर्ने, जातिय, धार्मिक लगाएत कुनै विभेद नगर्ने, कुनैपनि दुव्र्यवहार विरुद्ध शसक्त लाग्ने, दाइजो नलिने नदिने, वोक्सी लगाएतका प्रथा, भ्रष्टचार, वालविवाह, अन्त्य गर्ने, वन्यजन्तु संरक्षण, असहाय प्रति सद्भाव कायम गर्ने लगाएतका प्रतिवद्धता घोषणा गरिएको हो।

प्रतिवद्धताको घोषणा गर्दै नेपाल कम्यूनिष्ट पार्टि (नेकपा)का स्थायी कमिटि सदस्य समेत रहनुभएका बागलुङ क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पौडेलले सामाजिक विकृति अन्त्य गर्दै सभ्य र सुसंस्कृत समाज निर्माण वाट मात्रै सम्वृद्ध नेपाल र सुखि नेपालीको अभिलासा पुरा हुने वताउनु भएको छ।

घोषणा कार्यान्वयनमा चुनौती भएपनि सामना गर्न सके बडिगाडलाई नमुना बनाउन सकिने वताउनु भयो। आफ्नो तर्फवाट प्रतिवद्धता जाहेर गर्दै सवैलाई महा अभियानमा साथ दिन आग्रह समेत गर्नुभएको छ।

कार्यक्रममा गण्डकि प्रदेश, प्रदेश सभा सदस्य चन्द्र बहादुर बुढाले बडिगाड बाट सुरु भएको सामाजिक अभियानलाई सवैले साथ दिनुपर्ने वताउनु भएको छ। जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले बडिगाडले सुरु गरेको सामाजिक अभियानलाई जिल्लाभर चलाउन समन्वय गर्ने घोषणा गर्नुभएको छ।

कार्यक्रममा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देव कुमार नेपाली, गल्कोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरे, गुल्मीको मुसिकोट नगरपालिकाका नगरप्रमुख सोमनाथ सापकोटा, नेपाल कम्यूनिष्ट पार्टि (नेकपा) का प्रदेश सदस्य शुनिल शेरचन, नेपाली काग्रेसका गण्डकी थापा अधिकारी, राष्ट्रिय जनमोर्चाका रुनमाया थापा पाइजा, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष दिल श्रीस, बडिगाड गा.पा. वडा नं. ३ का वडा अध्यक्ष खड्क पुन, भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल, महिला तथा वालवालिका शसक्तिकरण केन्द्रका अध्यक्ष विना थापा, मगर भाषा कक्षाका प्रशिक्षार्थी रामकुमारी पाइजा लगाएतले प्रतिवद्धता तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
सो प्रतिवद्धतामा साथ दिँदै छिमेकि पालिका प्रमुखहरुले अभियानलाई आफ्नो पालिकामा समेत कार्यान्वयन गर्न काम सुरु गर्ने प्रतिवद्धता समेत जनाउनुभएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले कार्यक्रमको उद्धेश्य तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाको अध्यक्षता, उपाध्यक्ष अम्मर वहादुर श्रीसको स्वागत मन्तव्य तथा प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदी तथा रेडियो सारथीका स्टेशन म्यानेजर कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो।
सामुहिक अन्तरक्रियावाट तयार गरिएको सो घोषणा पत्रलाई कार्यपालिकाको वैठकले अनुमोदन गरि गाउँपालिका भर लागु गरिने भएको छ। घरेलु हिंसा संग सम्बन्धित उजुरी बढ्न थालेपछि सुसंस्कृत समाज निर्माण गर्ने उद्धेश्य सहित अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष पाइजाले बताउनुभएको छ।
बडिगाड भित्रका सामाजिक समस्यालाई पूर्ण न्यूनिकरण गर्न केहि समय लागेपनि तत्कालै परिवर्तन आउनेगरि अभियान चलाइने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले बताउनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend