logo
  • शुक्रबार, असोज ९ २०८३

अभिनेत्री सरिता लामिछानेद्वारा चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ, चैत ७ ।
यही आगामी चैत्र २३ गते शनिबार हुनगईरहेको नेपाल चलचित्र कलाकार संघको निर्बाचनमा अध्यक्ष पदको लागि वर्तमान महासचिव अभिनेत्री सरिता लामिछानेले उम्मेदवारी घोषणा गरेकी छिन । काठमाडौँमा चैत्र २३ गते हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको अधिबेसनबाट नयाँ कार्य समितिको लागि उनले अधक्ष्य पदमा उम्मेदवारी घोषणा गरेकी हुन् ।

संघको विभिन्न कार्यसमितिमा बस्दै सक्रिय रुपमा कलाकारहरुको हकहितमा बुलन्द आवाज उठाउदै आएकी अभिनेत्री सरिता लामिछाने नेतृत्व सम्हाल्न सक्षम रहेकी चलचित्र वृतका बिज्ञहरु बताउछन ।

बिगत २ दशक देखि सक्रिय रुपमा चलचित्र क्षेत्र तथा कलाकारिता क्षेत्रमा रहेर सदैब कलाकारहरुको हितमा वकालत गर्दै आएकी उनि कलाकारितालाइ समेत निरन्तरता दिदै आगामी दिनहरुमा अझ धेरै सक्रियता जनाउदै कलाकारहरुको हक हीत र अधिकारको लागि सधै सपर्पित हुदै र कलाकार संघलाई सशक्त रुपमा अगाडि बढाउन पहल गर्ने अठोटको साथ आउने कार्यकालको लागि अधक्ष्य पदमा उम्मेदवारी दिने घोषणा गरेको अभिनेत्री सरिता लामिछाने बताउछिन ।

अधक्ष्य पदमा उम्मेद्वारी दिनको लागि पनि आफूभन्दा अग्रज कलाकार, पत्रकार, तथा समकालीन साथीहरुसंग सल्लाह सुझाब लिएर अगाडि बढेको र आफूलाई सहयोग गरि बिजय गराई दिनु हुन कलाकारहरु, पत्रकारहरु सबैमा अभिनेत्री लामिछानेले आग्रह समेत गरेकी छिन।

स्मरण रहोस उनि नेपाल चलचित्र कलाकार संघको ३० औ वर्षे ईतिहासमा पहिलो महिला महासचिव पदमा अत्याधिक बहुमतले विजय गरेको पहिलो महासचिव हुन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend