logo
  • शनिबार, असोज १० २०८३

बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि अभियान सुरु हुने


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

कमल पौडेल, बागलुङ चैत ४ ।
बडिगाड गाउँपालिकामा सामाजिक विकृति न्यूनिकरणको लागि विशेष पहल गरिने भएको छ। गाउँपालिका भित्रको अनियन्त्रीत मदिरा, जुवातास, दाइजो प्रथा, छुवाछुत, महंगी लगाएतका सामाजिक विकृति न्यूनिकरणको लागि पालिकाले पहल सुरु गर्ने भएको हो।

जस अन्तरर्गत चैत्र ८ गते पालिका भित्रका सवै जनप्रतिनिधि, राजनैतिक दल, सरकारी तथा गैरसरकारी संघ संस्था, पेशाकर्मि, व्यावसायी तथा आम सर्वसाधरणलाई भेला गरि सामाजिक विकृति विरुद्ध सामुहीक रुपमा प्रतिवद्धता मार्फत समाज सुधारको अभियान सुरु गर्न लागिएको हो।

लामो समयको पूर्व तयारी पछि सो अभियान घोषणा गर्न लागिएको बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिपचन्द्र सुवेदीले जानकारी दिनुभएको छ। सो अभियानको सुभारम्भ, प्रतिवद्धता तथा घोषणा कार्यक्रममा संघिय तथा प्रदेश सांसदहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुख, छिमेकि पालिकाका प्रमुख तथा प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी सहितको सहभागिता रहेने प्रमुख प्रशासकिय अधिकृत सुवेदीले जानकारी दिनुभएको छ।

मदिरा, दाइजो, छुवाछुत लगाएतका विषयले समाजमा झैझगडा फैलिएकोले सामाजिक विकृति रोक्न विशेष अभियान सुरु गर्न लागिएको गाउँपालिका अध्यक्ष मेयरसिंह पाइजाले वताउनुभएको छ। चैत्र ८ गते गाउँपालिकाको कार्यालय ग्वालीचौर खार वजारमा हुने सो कार्यक्रममा बडिगाड गाउँपालिकाको सम्वृद्धि चाहने सवैलाई उपस्थितको लागि गाउँपालिकाले अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend