साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी चैत ५ ।
सामाजिक अभियान्ता तथा युवा समाजसेवी सुशील चन्दले किलोमिटरको आधारमा भाडा निर्धारण गर्नुपर्ने भन्दै गुल्मी यातायात व्यावसायि संघ तम्घास गुल्मीमा निवेदन पेस गर्नुभएको छ । गूल्मीको सदरमुकाम तम्घास देखि पश्चिम जाने सवारि साधनहरुले वर्षौं देखि आफूखुसी मनपरि भाडा लिदै आईरहेका छन् । नेपाल सरकारको प्रचलित भाडादर अनुसार भाडा उठाउनु पर्ने माग गर्दै युवा अभियान्ता चन्दले कार्यालय प्रमुख डोल बहादुर कुँवरलाई सोमबार उक्त निवेदन पत्र बुझाएका हुन् ।
सदरमुकाम तम्घास देखि मदाने गाउँपालिकाको अग्लुङगफेंदी सम्म जाने सवारि सवारि साधनहरुले यातायातको नियम विपरित भाडा असुल्दा त्यो भेगका स्थानीय बासिन्दाहरुले वर्षौ देखि मर्का बेहोर्दै आएका छन । तत्कालिन जिल्ला विकास समितिका अनुसार सदरमुकाम तम्घास देखि अग्लुङग फेदि को दुरि ५५ किलोमिटर रहेको र यातयातको नियम अनुसार कच्ची बाटोमा प्रतिकिलोमिटर ९ रुपैया ९० पैसा को दरले ५ सय ४४ रुपैयां पर्न आउने तर त्यस क्षेत्रमा चल्ने सवारि साधनले प्रतिव्याक्ती ६७० रुपैया लिदै आएका छन् । यसरि प्रतिव्याक्ती १२६ रुपैयाले बढि भाडा असुलि गर्दा त्यस क्षेत्रका स्थानीय समस्यामा पर्दै आएका छन । स्थानीय निकायको गठन भएको लामो समय भै सक्दा समेत पनि स्थानीय सरकारले कुनै कदम नचालेको भन्दै स्थानिय समाजसेवि सुशिल चन्द जिल्ला यातयात गुल्मीको ध्यान आर्कषण गराउदै सोमवार यातयात कार्यलय गूल्मीमा निवेदन दिएका छन् । कार्यालय प्रमुख कुँवरलाई निवेदन बुझाउदै तम्घास देखि अग्लुंग सम्मका जनतालाई यातायातको सुविधा पुर्याएकोमा गुल्मी जिप व्यावसायिक समितीलाई धन्यवाद दिदै भाडादर प्रचलित नियम अनुसार तोकिदिए थप आभारी हुने बताए । त्यस्तै जिल्ला यातायात गूल्मीका प्रमुख डोल बहादुर कुवंरले यस तर्फ आफ्नो ध्यानाकर्षण भएको र छिट्टै यथार्थता बुझेर काम गर्ने बताएका छन् ।
वर्षौं देखि यातायात व्यावसायिको मनपरी भाडा असुल्ने प्रचलनको अन्त्य गरि नेपाल सरकारको प्रचलित भाडादर अनुसार भाडा कायम गरेको खण्डमा स्थानीय गरिब जनताहरुलाई थोरै भएपनि राहतको महशुस हुने देखिन्छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend