साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौं चैत्र ३ ।
गीत-सङ्गीत सामाज परिवर्तन एवम् विकासको एक शुत्रधार हो जहाँ हरेक गतिविधिलाई समधुर माध्यमबाट पर्दामा उतारिन्छ । गाउँ-ठाउको सँस्कृती-परम्परा एवम् सुन्दर नगरिलाइ चिनाउने उत्कृष्ट माध्यम पनि गीतका चटिला शब्द नै हुन ।

यस्तै-यस्तै भाव र समग्र गुल्मी जिल्ला लाई चिनाउने अभियान स्वरुप पछिल्लो पुस्ताका लोकप्रिय गायक दिपक परियारले भखरै मात्रै एक कार्यक्रमका बिचमा रोइला गीत सार्वजनिक गरे जस्को बिमोचन सामाजिक प्रदेश ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालले गरेका थिए ।
दर्पण क्रियशनले बजार व्यावस्थापन गरेको गितमा गुल्मेली गायक दीपक परियार र स्वस्तिका पन्थको आवाज रहेको छ । प्रेमराज खरेल र दीपक परियारको शब्द सिर्जना रहेको गितमा दिपक परियार स्वयमले संगीत भरेका छन । गितमा दिपेश लामाको एरेन्ज रहेको छ ।
फोर एस मिडियाको निर्माणमा रहेको गीतको म्युजिक भिडियोमा पुजा श्रेष्ठ, सुर्य खड्का, मन्जरी गौतम लगायतका कलाकारहरुको अभिनय रहेको छ । शिव बिकको निर्देशन रहेको गितको म्युजिक भिडियोमा विजय पोख्ररेलको छायाँकन तथा रबिन बिक र रमेश रसाइलीले सम्पादन गरेका हुन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend