साझा नेटवर्क
साझा नेटवर्क ।
नेपाली गित सँगितको बजार लागिरहेको बेला नयाँ कलाकार र गितहरु बजारमा आउनेक्रम तीव्र छ । यसै क्रममा गायक तथा सर्जक गणेश अधिकारीले बलिदान एल्बम लिएर बजारमा आउदै छन् ।
धेरै जसो सर्जकले लगानी जति गरेपनि लगानी उठाउन एकदमै गाह्रो छ, भनिरहदा, अधिकारीले भने गित सँगितको क्षेत्रमा झन ठूलो बजेट र परक प्रयोग गर्दे आईरहेका छन ।

नेपाली दर्शक श्रोताहरुको लागि कतिपय फरक स्वादका गित सँगितहरु पस्कदा धेरै लोक दोहोरीहरुले राम्रै साथ पनि पाएको छन । फरक बिषय बस्तु , परक चरित्रको लोकदोहोरी पस्कने होडबाजी चलिरहदा भर्खर मात्र सुटिङका केही तस्बिरहरु सार्बजनिक हुदा नै धेरै लोक गित पे्रमीहरुको ध्यान तानेको “बलिदान” बोलको गीतको फस्ट लुक (पोस्टर) सार्बजनिक भएको छ ।
यो गितमा नेपाली लोकदोहोरीकै क्षेत्रमा पहिलो पटक भिडियोमा हेलिकप्टर प्रयोग गरिएको छ । गीतको सुटिङ हुन नै करिब ५ दिन लागेको, यसैले गर्दा पनि यो गीतको निर्माण बजेट ५ लाख भन्दा धेरै लागेको निर्माण युनिटिले जानकारी दिएको छ ।
योग्सना डिजिटल प्रा. लीको प्रस्तुती रहेको यो गीतमा अहिलेको बहुचर्चित तथा मङ्गी गायीका बिष्णु माझी र गणेश अधिकारीको स्वर रहेको छ, उत्कृष्ट लय तथा शब्द सिर्जना पनि अधिकारी आफैले सिर्जना गरेका छन ।
अधिकारीको यो भन्दा पहिले आशुको कारखाना, नलाउ झुटो पिरती, एउटा कुरा सोध्न मन थियो, घमण्ड पिडाको राजधानी, अभाव लगायत थुप्रै गित लोकदोहोरी गितहरु लोक प्रिय र चर्चित छन ।
बहुप्रतिक्षित मानिएको “बलिदान” गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल बिमल अधिकारी सारिका केसी, ओवी रायमाझी लगायतको अभिनय रहेको छ । सुरेश श्रेष्ठको छायाँकन सुजन शाहीको सम्पादन रहेको गीतको म्युजिक भिडयोमा कपिल लामाको निर्देशन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend