logo
  • सोमबार, असोज १२ २०८३

गुल्मीका जनप्रतिनिधिहरुले फिर्ता गरे दोहोरो सुबिधा बापतको रकम


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

तिलाचन पाण्डे, गुल्मी चैत २ ।
गुल्मीका जनप्रतिनिधिहरुले राज्यकोषको दोहोरो सुबिधालिई दोहन गरेको खुल्न आएको समाचार प्रकाशित भए पश्चात दोहोरो सुबिधाको रकम फिर्ता गरेका छन् ।

गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिका वडा नं ४ का वडा अध्यक्ष भरतलाल थापा पुर्व निजामती कर्मचारी भएको र उनले नेपाल सरकारकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिदै आएका थिए ।

यस्तै सोही गाउँपालिकाका वडा नं ६ हरेवाका वडा अध्यक्ष गोकर्ण प्रसाद शर्माले पुर्व शिक्षक भएकाले नेपाल सरकारबाट पेन्सन र गाउँपालिकाबाट मासिक तलब लिर्दै आएको चन्द्रकोट गाउँपालिकाका सुचना अधिकारी बसन्त राबतले जानकारी दिएका थिए ।

अध्यक्ष द्धयले शुक्रबार चन्द्रकोट गाउँपालिकाबाट लिर्दै आएको भरतलाल थापाले २ लाख ३७ हजार छपन्न रुपैयाँ र गोकर्ण प्रसाद शर्माले २ लाख चारहजार ४१६ रुपौयाँ गाउँपालिकाको संचित खातामा जम्मा गरिदिएको गाउँपालिकाका सुचना अधिकारी बसन्त रावतले जानकारी दिए ।

५ नं प्रदेशले बनाएको कानुनमा निबृत्तिभरण पाउनेको हकमा उपलब्ध हुने हकको सबिधामा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकारको सेवाबाट अबकास लिई यस्तो सरकार वा तहबाट निबृत्तिभरण पाईरहेको कुनै ब्याक्त्ति वा पदाधिकारी, सदस्य वा सभा सदस्य निर्वाचित भएमा त्यस्तो ब्याक्त्तिले दफा ३ बमोजीम मासिक सुबिधा वा निबृत्तिभरण मध्ये कुनै एक मात्र सेवा लिन पाउने स्पस्ट उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend