logo
  • शनिबार, असोज १० २०८३

बिप्लवको बन्दले गुल्मी ठप्प


  • साझा नेटवर्क
  • शनिबार, असोज १० २०८३

अनिल खत्री, गुल्मी फागुन  ३० ।
बिप्लव नेतृत्व नेकपा माओवादीले गरेको बन्दका कारण गुल्मीको जनजिवन प्रभावित भएको छ। बन्दका कारण बिहिवार बिहानैदेखि गुल्मीबाट छुट्ने छोटो तथा लामो दुरीका सवारी साधनहरु छुटेका छैनन् ।
बन्दबाट बजार, शिक्षण संस्था,उद्योग व्यवसायहरु पूर्ण रुपमा ठप्प भएका छन् । जिल्लाको सदरमुकाम तम्घास बजार सहित ग्रामीण भेगमा रहेका मुख्य व्यापारिक केन्द्र शान्तिपुर ,रिडी,वामीटक्सार,भुवाचिदी,वलेटक्सार,सिमलटारी लगायतका स्थानका बजारहरु पनि बन्द छन् । सदरमुकाममा रहेका केहि सरकारी कार्यालहरु खुलेपनि सेवाग्रही नआउदा सुनसान रहेका छन् । सरकारले आफ्ना नेतालाई गरेको गिरफ्तारी सहित त्यसको बिरोध र बिनासर्त रिहाईको माग गर्दै देशभर बन्दको आवाहन गरेका छन् । गुल्मीम पक्राउ परेका बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मीका जिल्ला सेक्रटरी १२ दिन देखि प्रहरी हिरासतमा रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीले जिल्लाको सदरमुकाम तम्घासबाट गत फागुन १९ गते बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई पक्राउ गरेको हो। सामाजिक शान्ति सुरक्षमा खलबल पुराएको भन्दै प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

सेक्रेटरी खड्कालाई जिल्ला प्रहरी कार्यायल गुल्मीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बन्दसँगै गुल्मीको सुरक्षा व्यवस्थालाई कडा पारेर बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend