logo
  • सोमबार, असोज १२ २०८३

इस्मा गाउँपालिकाद्वारा १६ मिनि टिलरसहित कृषि औजार वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टोपलाल अर्याल, गुल्मी फागुन ३० ।
इस्मा गाउँपालिकाले किसानहरुको लागि आधुनिक कृषी औजार वितरण गरेको छ । गाउँपालिकाको कृषीमा यान्त्रिकरण गर्ने उदेश्य अनुसार आधुनिक कृषी औजार वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

इस्मा गाउँपालिकाले १६ वटा मिनि टिलर, आठ वटा कर्न सेलर, दुई वटा कोदो थ्रेसर र दुई वटा चाप कटर प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्र कान्त बस्नेतले बताए ।

दुई दिनसम्म कृषकहरुलाई मेसिनको उपयोगिताका बारेमा तालिम प्रदान गरेर उपकरण प्रदान गरिएको बस्नेतले बताए । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा ९० हजार पर्ने मिनि टिलर, १४ हजार पर्ने कर्न सेलर, ८५ हजार पर्ने कोदो थे्रसर र ४० हजार पर्ने चाप कटर प्रदान गरिएको कृषि प्राविधिक यज्ञश्वर भारतीले बताए ।

गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले मिनि टिलर किसानहरुलाई प्रदान गरेका थिए । सुनभद्र बहुउद्देश्यीय कृषक समुहका सदस्य हरि प्रसाद पोखरेलले औजार प्रदान गरेर गाउँपालिकाले कृषकहरुलाई थप उत्साहित बनाएको बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend