साझा नेटवर्क
सुर्य चन्द ,काठमाण्डौ।
काठमाडौँ : सिंगापुर पुलिसमा कार्यरत समाजसेवी तथा सिंगापुर लाहुरे गायक तेम्बा शेर्पा तथा चर्चित गायिका दिपा लामाको “च्याङबा तलाई मेरो माया” सार्बजनिक भएको छ ।
लामो समय देखि सिंगापुर बस्दै आएका तथा समाजसेवामा छुट्टै परिचय बनाउन सफल तेम्बा शेर्पाले लाहुरेहरु छुट्टीमा आएर आफ्नो प्रेमिकालाई भेट्न नपाउदाको पिडा पोख्दै “च्याङबा तलाई मेरो माया” मार्फत लाहुरे तथा परदेशीको कहानी गित मार्फत अभिव्यक्ति गरेका छन ।
चर्चित संगीतकार दिपक शर्माको शब्द तथा संगीत रहेको गितमा तेम्बा शेर्पा र दिपा लामाको आवाज रहेको छ । छायाँकार उत्सब दाहालले छायांकन गरेको यस म्युजिक भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका हुन् । म्युजिक भिडियोमा मोडल निराजन प्रधान तथा निरन्जली लामाको अभिनय देख्न सकिन्छ ।
भिडियो हेर्नुहोस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend