साझा नेटवर्क
महेश बोहरा, गुल्मी फागुन २८।
चन्द्रकोट गांउपालिका ८ तुराङ्ग किसिकोट गुल्मीमा रहेको किसिकोट प्राथमिक बिद्यालयमा एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बितरण सम्पन्न भएको छ।
गतिशिल समाबेशी समाज बिकाश युवा सञ्जाल गुल्मी तथा सुनौलो परिर्बतनका लागी युवा बुटवलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियो। सुनौलो परिर्बतनका लागी युवा बुटवलका अध्यक्ष सागर बिक्रम अर्यालको सभापतित्व रहेको कार्यक्रममा गतिशिल समाबेशी समाज बिकाश युवा सञ्जाल गुल्मीका महासचिव जगत रानाको प्रमुख आथित्यता,महिला उपाध्यक्ष प्रभा रेस्मी, संरक्षक मणीराज अर्याल,गणेश अर्याल,विद्यालय व्यवस्थापन समिति अध्यक्ष बाबुराम बोहरा,प्रध्यानाध्यापक कृष्ण प्रसाद गौतम, पत्रकार महेश बोहरा लगायतको आथित्यता रहेको थियो।
१०९औं अन्तराष्ट्रिय नारी दिवसको अवसर पारी आयोजना गरिएको कार्यक्रममा विद्यालयमा अध्ययनरत करिब ३५ जना छात्रछात्रालाई शैक्षिक सामग्री वितरण गरिएको थियो। सोहि अवसरमा विद्यालयलाई पनि शैक्षिक सामग्री वितरण गरिएको छ। उक्त कार्यक्रमको सञ्चालन डिलाराम भण्डारीले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend