logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीका प्रजिअ रानालाई वाणिज्य संघको स्वागत


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

अनिल खत्री, गुल्मी आषाढ २७ ।
केहि दिन अघि गुल्मीमा आउँनु भएका गुल्मीका प्रमुख जिल्ला अधिकारी उदय रानालाई बिभिन्न संघ संस्थाहरुले स्वागत गरेका छन् । प्रमुख जिल्ला अधिकारी रानालाई गुल्मी उद्योग वाणिज्य संघ गुल्मीले एक कार्यक्रमका बिच स्वागत गरेको छ ।

cdo rana 0संघले सोमवार आफनै कार्यलयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानालाई अध्यक्ष दुर्गाप्रासद पाण्डेय सहितको टोलीलले टिका,माला, र ढाका टोपी लगाई स्वागत गरेका थिए । स्वागत कार्याक्रममा वोल्दै गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गा प्रासद पाण्डेयले प्रमुख जिल्ला अधिकारी उदय रानाको गुल्मी वसाई सुखद र प्रगतीमय रहोस भन्दै शुभकामना दिनुभएको थियो ।

cdo ranaअध्यक्ष पाण्डेयले गुल्मीमा सामाजिक क्षेत्रमा उद्योग वाणिज्य संघले बिभिन्न काम गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि उहाँ संग पनि सहकार्य गरेर अगाडी वढने बताउनु भएको थियो । स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रानाले निजि क्षेत्र भनेको देसको मेरुदण्ड भएको बताउदै गुल्मी उद्योग वाणिज्य संघ सामाजिक क्षेत्र सगै जिल्लाका सबैखाले रचनात्मक कामहरुमा हातेमालो गरेर अगाडी बढनु पर्ने बताउनु भएको थियो ।

प्रजिअ रानाले गुल्मीमा रहेको लोथ बैकको पनि अबलोकन गर्नु भएको थियो । यस अधि गुल्मी आउनु भएको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको पहलमा गत वर्षवाट गुल्मीमा गरिव, असाय,अपाङ्ग, दैबिक प्रपोक पिडितहरुको सहयोग गर्न भन्दै कोलोथ बैकको स्थापना गरिएको थियो । बैकबाट सयौ गरिव, असाय,अपाङ्ग, दैबिक प्रपोक पिडितहरुलाई सहयोग गर्दै आएको महासचिव ताराप्रसाद भुसालले बताउनु भयो ।

संघ बिभिन्न पदाधिकारी सदस्यहरु सहितको उपस्थित स्वागत कार्यक्रम गुल्मी उद्योग वाणिज्य संघ गुल्मीका अध्यक्ष दुर्गाप्रासद पाण्डेयको अध्यक्षता वरिष्ठ उपाध्यक्ष श्रीप्रसाद भलामीको स्वागत र महासचिव ताराप्रसाद भुसालको सञ्चालमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend