logo
  • सोमबार, असोज १२ २०८३

राहत शिक्षकहरुको आन्दोलनका कारण विद्यालय वन्द, लाखौं वालवालिकाको पढाइ प्रभावित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ फागुन २१ ।
राहत शिक्षकहरुको आन्दोलनका कारण वडिगाड क्षेत्रका विद्यालयहरु वन्द भएका छन्। नेपाल राहत शिक्षक संघर्ष समितिले नयाँ वन्दै गरेको संघिय शिक्षा ऐनमा आफ्ना मागहरु पुरा नभएको भन्दै काठमाडौंमा आन्दोलन गरिरहेको र सो क्रममा प्रहरीले दमन गरेपछि विरोध स्वरुप विद्यालयहरु वन्द गरेको हो।
आइतवार तथा सोमवार काठमाडौंमा भएको शान्तिपूर्ण आन्दोलनमा धेरै शिक्षकहरु घाइते भएको भन्दै संघर्ष समितिले देशैभर आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो। राहत शिक्षकहरुलाई अस्थायी शिक्षक सरह प्रक्रिया पुर्याएर स्थायी हुनुपर्ने लगाएतका मागहरु राखेका छन्। यसै विच वडिगाड गाउँपालिका स्तरीय राहत शिक्षक संघर्ष समितिको गठन भएको छ। दिपक गिरिको अध्यक्षतामा गठन भएको १५ सदस्यिय समितिको उपाध्यक्षमा ऋषिराम भण्डारी, सचिवमा शिव पोखरेल, सहसचिवमा डुल वहादुर कुँवर (दिपक), कोषाध्यक्ष सरस्वती आचार्य लगाएत रहनभएको छ। त्यस्तै राहत शिक्षकहरुको भेलाले ढालमणि भण्डारीको संयोजकत्वमा ५ सदस्यिय सल्लाहकार समितिको समेत गठन गरेको छ। संघर्ष समितिले केन्द्रिय आन्दोलन र त्यसले जारी गरेको निर्देशनलाई कडाइका साथ कार्यान्वयन गर्ने, आन्दोलनको लागि आवश्यक सवै तयारी संचालन गर्ने लगाएतका निर्णय गरेको छ।

खर्वाङमा भएको शिक्षकहरुको भेलामा नेपाल सामुदायीक उच्च मावि शिक्षक समिति बडिगाडका संयोजक दिनानाथ पौडेल, उपसंयोजक मोहन केसि, नेपाल विद्यालय कर्मचारी एकता समिति गण्डकी प्रदेशका उपाध्यक्ष शिवलाल घिमिरे, लगाएतको सहभागिता रहेको थियो। विद्यालयहरु वन्द हुँदा परीक्षा तयारीमा रहेका वालवालिकाको पठनपाठन प्रभावित भएको छ। वडिगाड गाउँपालिकामा यहि फागुन २७ गते देखि वार्षिक परीक्षा संचालन हुँदैछ। परीक्षाको नजिकै विद्यालय वन्द हुँदा विद्यार्थीहरु मर्कामा परेको भन्दै अभिवावकहरुले चिन्ता व्यक्त गरेका छन्।

शिक्षकहरुले आफ्ना माग पुरा नभए परीक्षा समेत संचालनमा सहयोग नगर्ने घोषणा गरेका छन्। राहत शिक्षक संगै, विद्यालय कर्मचारी र वालविकासका सहजकर्ताहरु आन्दोलनमा रहेका छन्। देशभर ४० हजार राहत, ३८ हजार वालविकास सहजकर्ता र २५ सय विद्यालय कर्मचारी कार्यरत रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend