logo
  • सोमबार, असोज १२ २०८३

वामीटक्सारलाई शिक्षाको हवको रुपमा विकास गर्ने विकास मन्त्रि वलालको घोषणा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, २० गुल्मी फागुन २१।
प्रदेश नं. ५ का शिक्षा तथा सामाजिक विकास मन्त्रि सुदर्शन वलालले गुल्मीको वामीटक्सार गण्डकि प्रदेश र ५ नं. प्रदेशको संगम स्थल भएको भन्दै शिक्षाको हवको रुपमा विकास गर्नुपर्ने वताउनु भएको छ।
महेन्द्र आदर्श मावि वामीटक्सारको हिरक महोत्सव तथा धनधान्याञ्चल ज्ञान महायज्ञको आठौं दिनको कार्यक्रममा सम्बोधन गर्दै मन्त्रि वलालले शिक्षा तथा सामाजिक क्षेत्रको विकासमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। वलालले भन्नुभयो ‘जनताको गास काटेर शिक्षालाई कति दिन थेग्न सक्छौं? त्यसैले राज्यले आफ्नो दायित्व विर्सदैन।’ शिक्षा र स्वास्थ्य को जिम्मा राज्यले लिनुपर्ने र त्यस तर्फ सरकार लागि रहेको तर तत्काल राज्यको श्रोत र साधनको हिसावले पूर्ण गर्न नसकिएको भन्दै क्रमस हुने वताउनु भएको छ।
शिक्षा तथा स्वास्थ्यमा सरकारको लगानी पर्याप्त नभएको भन्दै मन्त्रि वलाले स्थानियहरुले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । मन्त्रि वलाले सरकार सुखि नेपाली र समृद्ध नेपाल वनाउने अभियानमा लागेको भन्दै सहयोग गर्न सवैलाई आग्रह गर्नुभएको छ। विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहनुभएको छ। कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ।
आठौं दिन सम्म ५ करोड १ लाख ९८ हजार रुपैयाँ संकलन भएको लेखा समिति संयोजक डिल्लीराज खरेलले जानकारी दिनुभएको छ। ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभएको छ। २१ गते कार्यक्रमको समापन पूर्व सांसद चन्द्र भण्डारीले गर्ने विद्यालयले जनाएको छ।

२०१६ सालमा स्थापना भई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन्। कार्यक्रमको फागुन १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्टले उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend