logo
  • सोमबार, असोज १२ २०८३

चलचित्र बिकाश बोर्डको अधक्ष्यको लागि सुचित्रा श्रेष्ठको उम्मेदवारी दर्ता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सुर्य चन्द, काठमाडौँ।
नेपाली चलचित्र क्षेत्रमा पहिलो महिला निर्देशकको परिचय बनाइसकेकी चलचित्र निर्देशक तथा निर्देशक समाजको पहिलो महिला अध्यक्ष सुचित्रा श्रेष्ठले चलचित्र बिकाश बोर्डको अधक्ष्यको लागि उम्मेदवारी दर्ता गराएकी छिन ।२०५८ सालमा चलचित्र ‘प्रेमयुद्ध’बाट निर्देशनमा लागेकी सुचित्राले यस अगाडि नेपाल टेलिभिजनबाट प्रसारित सिरियल ‘अकल्पित र स्मृति’को मुख्य सहायक निर्देशकको भूमिका निभाएकी थिइन । उनले ‘सहारा’, ‘समर्पण’ र ‘भाइटीका’को निर्देशन र लेखन गरिन् । योङ एसिया टेलिभिजनले बनाएको दर्जनौ वृत्तचित्र निर्देशन गरेकी सुचित्रा पत्रकारितामा समेत लामो समयदेखि आबद्ध छन् ।

आफु संग भएको दक्षता तथा अनुभबलाइ लिएर आगामी दिनमा चलचित्र क्षेत्रमा आफ्नो जिबन समर्पित गर्ने सोच लिएकी निर्देशक समाजको अध्यक्ष सुचित्रा श्रेष्ठले यदि सरकारले निश्पक्ष रुपमा नियुक्त गरेमा आफु चलचित्र बिकाश बोर्ड सम्हाल्न तयार रहेको बताउछिन । पार्टिगत तथा व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर सरकारले निर्णय गरेमा आफु अधक्ष्य बन्ने पक्का रहेको समेत उनि जानकारी गराउछिन ।

चलचित्र क्षेत्रमा भएको बिकृतिलाइ चिर्दै बिकाश बोर्डलाइ सुद्दिकरण गर्न आफु सक्षम रहेको समेत उनको दाबि छ । निकिता पौडेलले कार्यकाल सकिन १० महिना अगाडि नै राजीनामा दिएपछि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नियुक्त हुन उम्मेदवारी दर्ता दिने प्रक्रिया अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend