साझा नेटवर्क
दिपक खनाल, अर्घाखाँची फागुन १८ ।
जिल्लाको एकमात्र शैक्षीक धरोहरका रुपमा परिचित पाणिनी बहुमुखी क्याम्पसमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । एक हप्ता अगाडी क्याम्पसमा अध्ययन पुरा गरी जिल्लाभित्रै बसोबास गरी विभिन्न पेशामा आवद्ध पूर्व विद्यार्थीहरुको समूहले गठन गरेको पूर्व विद्यार्थी समाजले आयोजना गरेको वक्तृत्वकलामा जिल्लाका १८ विद्यालयको सहभागिता रहेको थियो ।
जसमा शितगंगा नगरपालिाक १० सिद्धारामा रहेको श्री जनजागृति मा.वि. की छात्रा सावित्रा भुसाल प्रथम, सन्धिखर्क नगरपालिका १२ डिभर्नामा रहेको ज्ञानप्रकाश मा.वि.का विकास बस्याल द्धितिय, भुमिकास्थान नगरपालिका ४ धारापानीमा रहेको शान्ती मा.वि.की सावित्रा घर्तिमगर तृतीय र मालारानी गाउँपालिका ३ खनदहमा रहेको आदर्श मा.वि.की अमृता खनाल सान्त्वना भए । विजयीलाई क्रमश ३ हजार, दुई हजार, एक हजार र सात सयँ सहित प्रमाणपत्र र पुस्तक दिईएको थियो ।
कार्यक्रमको उद्धघाटन गर्दै प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले व्यावहारीक सँगसँगै प्रयोगात्मक शिक्षाको आवश्यकता रहेको बताए । पूर्व स्ववियु सभापति प्रेमनारायण गैरे, पाणिनी क्याम्पस प्रमुख ज्ञानबहादुर क्षेत्री, प्रहरी निरिक्षक खिमबहादुर घम, पाणिनी स्ववियू सभापति लक्ष्मण खड्का, पत्रकार महासंघ प्रदेश सदस्य अशोक खनाल लगाएतले शुभकामना मन्तव्य राखे ।
सहायक प्रमुख जिल्ला अधिकारी विष्णु बेल्बासे, शिक्षाविद् विष्णुप्रसाद बस्याल र साहित्यकार जेबी दर्लामी निर्णायको भुमिकामा रहेका थिए । कार्यक्रम पूर्व विद्यार्थी समाज पाणिनी बहुमुखी क्याम्पसका अध्यक्ष रामबहादुर चौहानको अध्यक्षता, सचिव शिव बेल्वासेको सञ्चालन र उपाध्यक्ष शेषकान्त घिमिरे ओसनको स्वागतमा सम्पन्न भएको हो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend