logo
  • सोमबार, असोज १२ २०८३

जनमत संग्रह मार्फत नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्छ : काग्रेस महामन्त्रि कोइराला


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी फागुन १७ ।
नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताउनु भएको छ । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञको पाँचौं दिनको कार्यक्रमको उद्घाटन गर्दै डा. कोइरालाले सो कुरा वताउनु भएको छ।

नेपाल सतातन वैदिक धर्मको भूमि भन्दै नेपाल धार्मिक स्वतन्त्रता सहित हिन्दु राष्ट्र हुनुपर्ने वताउनु भएको छ। डा. कोइरालाले भन्नुभयो “धर्मको विषयमा जनमत संग्रह गरिनुपर्छ, र सवैको चाहनामा हिन्दुराष्ट्र घोषणा गरिनुपर्छ।” वि.पि. पुत्र समेत रहेका डा. शशांकले सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रिले होली वाइन पिउँदा समेत धार्मिक गुरुहरु नवोलेको भन्दै नेपालमा धार्मिक अतिक्रम भैरहेको आरोप लगाउनुभएको छ।

केहि धर्मको नाम लिँदै हिन्दुहरु धर्म संरक्षणमा जागरुक हुन आग्रह गर्नुभएको छ। आफूले वि.पि.को पद पछ्याइरहेको भन्दै काम गरेर देखाउने उद्घोष समेत गर्नुभएको छ।कार्यक्रममा नेपाली काग्रेस गुल्मीका पार्टि सभापति भुवन श्रेष्ठले स्थायी सरकार स्थानिय सरकारलाई उपयोग गर्दै प्राविधिक तथा व्यावसायीक धारमा शिक्षा सुरुवात गर्न सुझाउनुभयो ।

त्यस्तै नेपालीकाग्रेसका महासमिति सदस्य चन्द्र केसिले धर्म र संस्कृति माथि आक्रमण भैरहेको भन्दै हिन्दुराष्ट्र हुनुपर्ने माग गर्नुभएको छ। कार्यक्रम मुल समारोह समितिका संयोजक प्रकाश काफ्लेको अध्यक्षता, प्रधानाध्यापक वुद्धि प्रसाद शर्माको स्वागत मन्तव्य तथा शिक्षक धनपति खरेलको संचालनमा सम्पन्न भएको थियो।

विद्यालयमा प्राविधिक शिक्षा अन्तरगत इन्जिनियरिङ कक्षा संचालन गर्ने उद्धेश्य सहित संचालन गरिएको श्रीमद्भागवत धन धान्याञ्चल सप्ताह ज्ञान महायज्ञमा भागवत भाष्कर कमलनयन गौतमले प्रवचन दिइरहनुभएको छ। कार्यक्रममा सहयोग गर्ने चन्दादाताहरुलाई सम्मान गरिएको छ।

हालसम्म झण्डै ४ करोड रुपैयाँ संकलन भइसकेको र ५ करोड पुर्याउने लक्ष्य रहेको मुलसमारोह समितिका संयोजक प्रकाश काफ्लेले जानकारी दिनुभएको छ। ‘सिपयुक्त जनशक्ति निर्माणको इच्छा, नगरभित्रै सर्वसुलभ प्राविधिक शिक्षा’ भन्ने नारासहित सुरु भएको महोत्सव २१ गते सम्म चल्ने विद्यालयले जनाएको छ

२०१६ सालमा स्थापना भई गुल्मी जिल्लाकै शैक्षिक केन्द्रको रुपमा परिचित वामीटक्सारमा प्राविधिक शिक्षा सहितको कक्षा संचालनमा आउने भएसंगै सहयोगदाताहरु पनि उत्साहित देखिएका छन्। कार्यक्रमको फागुन १३ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रि गोकर्णराज विष्टले उद्घाटन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend