साझा नेटवर्क
सागर रिजाल,प्युठान फागुन १७ ।
जुम्री बसपार्क व्यवस्थापन समिति प्युठानद्धारा सञ्चालित ‘प्युठान महोत्सव’ को समापन गरिएको छ । फागुन ३ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको महोत्सवको शुक्रवार सम्पन्न भएको छ । समितिका अध्यक्ष तथा मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठको अध्यक्षता,समाजसेवी लेखराज सुवेदीको प्रमुख आतिथ्यतामा जिल्लाका राजनीतिक दल,पत्रकार लगाएतको उपस्थितीमा महोत्सवको समापन गरिएको हो ।
१२ दिन सम्म चलेको महोत्सवमा ९ लाख आम्दानी गरिएको मेला व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताउनुभयो । उक्त रकमले जिल्लाकै पहिलो वसपार्कको व्यवस्थापन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बसपार्क सुन्दर बनाउने जिम्मा हामीले लिएका छौँ, पुरा गरेर देखाउछौँ । बसपार्क वरिपरीको बस्तीविकास,फोहोरमैला व्यवस्थापन गर्ने उहाँले जानकारी दिनुभयो । त्यस्तै संकलित रकमले दुरदराजमा रहेका गरिब जनता जो जनतालाई स्वास्थ्यको पहुँचमा पु¥याउने उदेश्यले एउटा एम्बुलेन्स समेत सञ्चालन गर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘एम्बुलेन्स सञ्चालनले विरामीलाई उपचारमा सहयोग पुग्ने आश गरेको छु । ’महोत्सवमा घरेलु र पर्यटन व्यसायहरुलाई अगाडी वढाउन निशुल्क कृषिका स्टलको व्यवस्था गरेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । मेलामा समापन गर्न सहयोग गर्ने सरकारी कार्यालयका प्रतिनिधि, स्थानिय तहका प्रमुख तथा प्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि लगाएत सम्पूर्णलाई धन्यवाद दिएका छन् ।
महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि समाजसेवी लेखराज सुवेदीले महोत्सवले लिएको उदेश्य समयमै पुरा गर्नुपर्ने बताउनुभयो । बस्ती विकास, फोहोरमैला व्यवस्थापन, गाडीको व्यवस्थापन गरेर मात्र बसपार्कको व्यवस्थापन गर्न सकिने भएकाले यो काममा महोत्सवले जोड दिनुपर्ने उहाँले बताउनुभयो । जिल्लाकै पहिलो र पुरानो वसपार्क जुम्री वसपार्कलाई सुन्दर बनाउने जिम्मा महोत्सवबाट भएको आम्दानीले पनि यो बसपार्क व्यवस्थापन गर्नुपर्ने उहाँको भनाई थियो । त्यस्तै उनले आगामी दिनमा अर्को वसपार्कको पनि व्यवस्थापन गर्न आग्रह गर्नुभयोे ।
महोत्सवमा सहयोग गर्ने पत्रकार नयाँ पत्रिका कर्मी सागर रिजाल,सिखबर अनलाईनका मधुसुदन पोख्रेल,रेडियो स्वर्गद्धारीका गन बहादुर पेस्तोल,रेडियो एनआरएनका बिमल पोख्रेलाई आयोजक कमिटीले सम्मान गरिएको थियो । प्युठान महोत्सवमा सिङगिङ आईडलको समेत आयोजना गरिएको थियो । कला संस्कृतिको जर्गेना र नवप्रतिभाको सम्मान गर्ने उदेश्यले आईडलको आयोजना गरिएको आईडल संयोजक बोमबहादुर परिवारले बताउनुभयो । आईडलको उपाधी प्युठान नगरपालिका —६ माझकोटका दिपक पुनले पाउनुभएको छ । उहाँलाई नगद रु ३० हजार, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो । त्यस्तै नौवहिनी गाउँपालिका ८ फोप्लीका पदम पुन दृतिय र प्युठान नगरपालिका ६ माझकोटका बसन्त सागर भण्डारीले तृतिय स्थान हासिल गर्नुभएको छ । दृतिय र तृतियलाई क्रमश रु २० हजार र १० हजार संगै मेडल प्रमाणपत्र वितरण गरिएको थियो । आईडललाई महोत्वपूर्ण सहयोग गर्ने मेरी स्टोप्र्स सेन्टर र कोकोरोजासीलाई सम्मान गरिएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend