logo
  • सोमबार, असोज १२ २०८३

रुपन्देहीमा प्रथम डोरी तान प्रतियोगिता सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, रुपन्देही फागुन १६ ।
तिलोत्तमा नगरपालिका –८ स्थित नवज्योति इङ्लिश बोर्डिङ स्कुलमा एक दिवसिय प्रथम जिल्ला डोरी तान प्रतियोगिता सम्पन्न भएको छ । डोरी तान दुवैतर्फ चार÷चार सय किलोग्राम तौल समूहका विद्यार्थीहरुले तानातान गरेर खेल हो ।

परम्परागत रहेर पनि हाल लोप हुन लागेको स्थितिको कारण सो खेल अन्तरराष्ट्रिय स्तरमै व्यापक बनाउने उद्देश्यले खेलको आयोजना गरिएको थियो । डोरी तान खेलको लागि छात्रतर्फ ४०० कि. ग्रा र छात्रातर्फ ३६० कि ग्रा हुने गरी एक टोलीमा ८ जनाको दरले प्रतियोगी सङ्ख्या कायम गरिएको थियो ।

जिल्ला डोरी तान संघको आयोजनामा सञ्चालित डोरी तान प्रतियागितामा क्रिमसन अस्पताल मणिग्राम, लुम्बिनी टेन्ट हाउस शिवपुर, जानुका फर्निचर शिवपुर, देवदह नगरपालिका, मेगा बैक, तिलोत्तमा नगरपालिका, सैनामैना नगरपालिका र बुटवल उपमहानगरपालिकाको विशेष सहयोग रहेको थियो ।

खेलमा कुल ११ विद्यालयले सहभागिता जनाएका थिए । छात्र समूह र छात्रा समूहमा खेलाइएको डोरी तान प्रतियोगितामा छात्रतर्फ १४ र छात्रातर्फ ११ गरी कुल २५ टोली सहभागी रहेका थिए । प्रतियोगिता छात्रतर्फ शंकरनगर दुर्गादत्त मा.वि प्रथम र नवज्योति ई.बो. स्कुल द्धितिय भएका छन् ।

त्यस्तै छात्रातर्फ नवज्योति इङ्गिलस बोर्डिङ स्कुल प्रथम तथा शिवपुर माध्यमिक विद्यालय द्धितिय भएका छन् । प्रतियोगितामा प्रथम हुने छात्र÷छात्रालाई नगद आठ÷आठ हजार तथा द्वितीय हुनेलाई चार÷चार हजारका साथै शिल्ड र प्रशंसा पत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रम डोरी तान संघ रुपन्देहीका अध्यक्ष नवराज खरेलको अध्यक्षता, तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेको प्रमुख आतिथ्यता तथा डोरी तान संघकी सदस्य दिपा न्यौपानेको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend