logo
  • सोमबार, असोज १२ २०८३

भाषा, संस्कृति देशकै पहिचान – गा.पा. अध्यक्ष पाइजा


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ फागुन १५ ।
३७ औं मगर दिवसको अवसरमा नेपाल मगर संघ बडिगाडको आयोजनामा विविध कार्यक्रम ग्वालीचौरमा सम्पन्न भएको छ।कार्यक्रमको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले भाषा संस्कृति देशकै पहिचान भएकोले सवै जातजातिको भाषा संस्कृति जोगाउन राज्य लागिरहेको वताउनु भएको छ। ५१ प्रतिशत मगरहरुको वसोवास रहेको बडिगाड गाउँपालिकामै मगर संस्कृति, भाषा ओझेलमा परेको भन्दै गाउँपालिकाले मगर भाषा कक्षा संचालन गरेको जानकारी दिनुभएको छ।

कार्यक्रममा नेपाल मगर संघका जिल्ला सदस्य चित्र वहादुर पुनले पहिचानको लागि सवै मगरहरु एकजुट हुनुपर्ने वताउनु भएको थियो। बडिगाड गाउँकार्यपालिका सदस्यहरु, पालिका स्तरका सरकार तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरु लगाएत मगर दाजुभाइ तथा दिदिवहिनिहरुको सहभागिता रहेको थियो। कार्यक्रम नेपाल मगर संघ बडिगाडका अध्यक्ष तथा वडा नं. ३ वडा अध्यक्ष खड्क वहादुर पुनको अध्यक्षता, उपाध्यक्ष नरेन्द्र पुनको स्वागत मन्तव्य तथा सचिव टिका काउचाको संचालनमा सम्पन्न भएको थियो। कार्यक्रममा साँस्कृतिक झाँकी, असारे माझखर्कको पञ्चैवाजा सहित मगर संस्कृति प्रदर्शन गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend