logo
  • सोमबार, असोज १२ २०८३

भारि हिमपात संगै जनजिवन प्रभावित, वडिगाडको उच्च भेगमा यातायात ठप्प


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ फागुन १५ ।
गय रातिवाट परेको पानीले बडिगाड लगाएतका क्षेत्रमा हिँउले ढाकेको छ। समुद्री सतहदेखि १८ सय मिटर माथिका स्थानहरुमा अहिलेपनि हिँउ परिरहेको छ।

बडिगाड गाउँपालिकाको वडा नं. १ को हम्मेल, र त्यो भन्दा माथि, वडा नं. ३ को शिसाखानी तारञ्जा, वडा नं. ४ को जलजला, वडा नं. ५ को सिमाक, वडा नं. ६ को सुरकुडे, वडा नं. ७ को थामचौर, वडा नं. ८ को रणसिंह, वडा नं. १० दर्लिङको माथिल्लो भागमा हिँउ परिरहेको छ। सवेरै देखि परेको हिँउले सो क्षेत्रको मोटरबाटो तथा कतिपय स्थानको विद्युत समेत अवरुद्ध भएको छ। स्थानियहरुले लगाएको जौं, केराउ, तरकारी पूर्णरुपमा नष्ट गरेको बडिगाड ३, तारञ्जाका श्याम वहादुर विकले जानकारी दिनुभएको छ।

त्यस्तै केहि दिन यता साँझपख आएको हुरिले बडिगाड ३, तारञ्जामा रहेको कञ्चनापुर आधारभुत विद्यालयको छाना उडाएको छ। हुरीले विद्यालयको १५ सय ढुंगा उडाएर नष्ट गरेको प्रधानाध्यापक पुनराम गिरिले जानकारी दिनुभएको छ। आज हिँउ परिरहेको र विद्यालयमा छाना नभएकोले विद्यार्थी कक्षाकोठामा राख्ने अवस्था नहुँदा विद्यालय वन्द गर्नुपरकोे प्र.अ. गिरिले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend