logo
  • सोमबार, असोज १२ २०८३

गुल्मी सेवा समाज कतारको छात्रवृत्ति वितरण अभियानमा तीव्रता


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, गुल्मी फागुन १३।
गुल्मी सेवा समाज कतारले सञ्चालन गरेको छात्रवृत्ति अभियान अन्तर्गतको छात्रवृत्ति वितरण कार्यक्रमलाई निरन्तरता दिदै आएको छ । यसै अभियान अन्तर्गत समाजले फागुन १० गतेका दिन जिल्लाको सत्यवती गाउपालिका स्थित श्री धुसेनी प्राथमिक विद्यालयमा  छात्रवृत्ति वितरण गरेको छ ।

कार्यक्रममा सामाजका साधारण सदस्य देबेन्द्र राहाडी र बालकृष्ण थापा, विद्यालय व्यवस्थापन समिती तथा सत्यवती वडा नम्बर २ का महिला सदस्य तेज कुमारी थापा लगायतको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा उपस्तिथित अभिभावकहरुले गरिब तथा जेहेन्दार बालबालिकाहरुको निम्ति शैक्षिक सामाग्री सहयोग गरेको भन्दै विद्यालय व्यवस्थापन समिति तथा शिक्षकहरुले समाजलाई विशेष धन्यवाद दिए । साथै सोही कार्यक्रममा बिधालयका स्वर्णजयन्तीका सहयोगी दाता नवीन भट्टराईलाई अभिनन्दन समेत गरिएको थियो ।


कार्यक्रममा बोल्ने वक्ताहरुले समाजको यस कार्यक्रमले गरिब तथा विपन्न परिवारका विधार्थीलाई पठनपाठनमा थप टेवा दिएको बताए । शिक्षाको ज्योतिबाट बन्चित बन्न पुगेका गरिव विद्यार्थीहरुलाई यस कार्यक्रमले पढ्नु पर्छ भन्ने कुरालाई उजागर गरेको भन्दै समाजको यस अभियानको खुलेर चर्चा गरे ।

समाजले जिल्लाका नगरपालिका तथा गाउपालिकाहरुका विभिन्न विद्यालयहरुमा छात्रवृति वितरण कार्यक्रम सम्पन्न गर्दै बाकीं रहेका बिद्यालयहरुमा छात्रवृति वितरण गर्ने कार्यक्रमलाई निरन्तरता दिई रहेको छ ।

त्यस्तै समाजले विभिन्न समयमा प्रवास तथा जिल्लामा भइ परी आउने समस्याहरुमा समेत आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend