साझा नेटवर्क
टिकाराम पोख्रेल प्यूठान फागुन १० ।
एउटै समयमा प्यूठान नगरपालिकामा रहेका दश विद्यालय अनुगमन गरिएको छ । अनुगमनमा प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपति,उप प्रमुख शान्ता आचार्य,श्रोत व्यक्ति विष्णु प्रसाद पोख्रेल,नगर शिक्षा समितिका पदाधिकारी,शिक्षक महासंघका प्रतिनिधि,सञ्चारकर्मी सहितको दश समुहले एउटै समयमा दश विद्यालय अनुगमन गरेको हो ।
नगर प्रमुख र उप प्रमुखले समेत विद्यालयमा भएको गतिविधिहरुको प्रत्येक्ष अवलोकन पछि विद्यालयहरुमा जवाफदेहिता अभिबृद्धि हुने स्थानीयको भनाई छ । हाम्रा नानाीहरुको भविस्य प्रति जनप्रतिनिधिहरुको चासो गएकोमा स्थानीयले खुसी व्यक्त गरे ।
कालिका विकास केन्द्र नेपाल र सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा प्यूठान नगरपालिकाको टिमले विद्यालयको अनुगमन गरेको थियो । विद्यालयमा भएका राम्रा गतिविधिहरुलाई प्रोत्साहन गर्दै कमीकमजोरीहरु सुधार गर्न यो अनुगमन प्रभावकारी भयो । श्रोत व्यक्ति विष्णु प्रसाद पोख्रेलले भने विद्यालयमा नमुना योग्य काम पनि भएका छन एक विद्यालयका नमुना योग्य काम अरु विद्यालयले सिको गनुपर्दछ । विद्यार्थी र विद्यालयको समग्र पक्षको विकास गर्न केही शिक्षक ईमान्दारी भएर काममा लाग्नु भएको छ त्यो उनीहरुको नतिजाले देखाएको छ ।
अनुगमन पछि दश समुह कालिका गेष्ट हाउसको सभाहलमा जम्मा भई विद्यालयमा पाईएको अवस्थाको समुहगत छलफल गरेको थियो । अनुगमन गरिएका विद्यालयमा बालज्योति आधारभुत विद्यालय गेजवाङ्ग,जनता माध्यमिक विद्यालय वाग्दुला,नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढाँडचौर,नेपाल राष्ट्रिय प्राथमिक विद्यालय ढाँडचौर,त्रिबेणी प्राथमिक विद्यालय बासखोला,धर्म भक्त आधारभुत विद्यालय मानागाँउ,शिशुकल्लाण प्राथमिक विद्यालय टाकुराचौर,क्षेत्र विकास माध्यमिक विद्यालय,आदर्श आधारभुत विद्यालय खप्रेङ्गखोला र जनविकास आधारभुत विद्यालय बाटुलेमा अनुगमन गरिएको थियो ।
विद्यालयको भौतिक निर्माण,विद्यालय सेवा क्षेत्र भित्र रहेका सवै बालबालीकाहरुको भर्नाको सुनिश्चितताको अभियान विद्यालयहरुले सञ्चालन गरेका छन । नियमित विद्यालय सुधार योजना निमार्ण,शिक्षक,विद्यार्थि,अभिभावक,विद्यालय व्यवस्थापन समितिले पालना गनु पर्ने आचार संहिता तयार गरि कार्यान्वयन गर्ने गरिएको बारे समिक्षा कार्यक्रममा छलफल गरिएको छ । वार्षिक रुपमा सिकाई उपलव्धीको मापन तथा तुलनात्मक अध्ययन गरि वार्षिक कार्य योजना निर्माण गरि त्यसको कार्यान्वयन कुल कार्यान्वयन गर्न विद्यालयहरु लागि परेको देखिन्छ । उत्कृष्ट नतिजा हाँसिल गर्ने शिक्षक र विद्यार्थीहरुलाई वार्षिक रुपमा पुरस्कृत गर्ने गरिएको छ जसले उत्कृष्ट जतिजा हाँसिल गर्न प्रेरणा प्रदान गरेको छलफलमा औंल्याईएको थियो ।
केहि विद्यालयहरुमा विद्यार्थीहरुको नियमित उपस्थितिमा कमि हुदा नियमितताको लागि आवस्यक पहलमा कमि देखिन्छ । विद्यालयको नियमित सरसफाई,कार्यमुलक अनुसन्धान र त्यसको प्रभाव बारे छलफल गरि आवस्यक कार्यान्वयनको खाँचो देखिएको छ । विद्यालयहरुमा शुद्ध पिउने पानीको उपलव्धतामा कमि भएको देखिन्छ । केहि विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप नियमित नभएको देखिन्छ भने विद्यालयमा भएका हरेक खाले गतिविधिहरुको लिखित अभिलेख नराख्ने गरेको पाईएको अनुगमन कर्ताहरुले बताएका थिए ।
विद्यालयहरुमा अपाङ्ग विद्यार्थीहरुलाई आवस्यक सामाग्रीहरुको उपलव्धता,शैक्षिक सामाग्रीको लागि आवस्यक आर्थिक श्रोतको व्यवस्था,नीजी शिक्षकको लागि आर्थिक श्रोत,भौतिक पूर्वाधार विकास,नविनतम प्रविधिको विकासका लागि कम्प्यूटर सहित आवस्यक सामाग्री,ईन्टरनेटको उपल्धता गराउन सम्वन्धित निकायको ध्यानाकर्षण हुनु पर्नेमा जोड दिए ।
उत्कृष्ट नतिजा हाँसिल गर्ने शिक्षक र विद्यार्थीहरुलाई सन्वन्धित निकायहरुवाट पुरस्कारको व्यवस्था मिलाउन आवस्यक छ । अभिभावकहरु संग नियमित अन्तरक्रिया प्रत्येक विद्यालयमा फरकफरक खालका प्राविधिक शिक्षाको शुरुवात,विद्यार्थी रुची र अवस्था अनुसारको व्यवहारीक पाठ्यक्रम सञ्चालन भएमा सामुदायिक विद्यालय तर्फ विद्यार्थीहरुको आकर्षण बढ्ने सुनिश्चित छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend