logo
  • शुक्रबार, असोज ९ २०८३

गायक तथा मोडल सन्दिप न्यौपाने र विष्णु माझीको ‘लालुमाई’ चर्चामा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

काठमाडौँ ।
गायक सन्दिप न्यौपानेको नयाँ गीत लालुमाई सार्वजनिक भएको छ । शिव हमालको शब्द तथा लय सृजना साथै गायिका बिष्णु माझी र सन्दिप न्यौपानेको आवाजमा रहेको रहेको ‘लालुमाई’ गीत म्युजिक भिडियो सहित भर्खरै सार्वजनिक भएको हो । अहिले यो गित चर्चामा रहेको छ ।

प्रकाश भट्टको निर्देशनमा रहेको लालुमाई गीतको भिडियोमा गायक सन्दिप न्यौपाने र श्रृष्टी खड्काको अभिनय रहेको छ । मौलिकतालाई केन्द्रमा राखेर निर्माण गरिएको यस भिडियोमा राजेश घिमिरेको छायांकन र बिष्णु शर्माको सम्पादन रहेको छ ।

शिब हमालको लय शब्द सिर्जना र अभिनय समेत रहेको नेपाली टिपिकल शब्दको प्रयोग भएको यस गीतमा मोडलहरुलाई पनि मौलिक नेपाली पहिरनमा देख्न सकिने छ । गोदावरीका रमणिय स्थानमा छायांकन भएको यस भिडियोमालाई दर्शक स्रोताले मन पराउने बिश्वास लालुमाई टिमले लिएको छ ।

‘तहल्कै मच्चायो’, ‘पुलिसवाला’, ‘मोहनी रुपैले’, ‘नक्कली मैयाँ’, ‘जवानी’ लगायतका दर्जनौं गीतका गायक तथा मोडल सन्दिप न्यौपानेको पछिल्लो समय स्रोता दर्शकले अत्याधिक रुचाएका कलाकार हुन् ।

गायन र मोडलिङलाई संगै लिएर अघि बढिरहेका न्यौपाने लोक गीतको क्षेत्रमा अझ परिचित जस्तो देखिएपनि उनि सबै प्रकारका गीतहरु गाउन सक्ने क्षमता राख्ने गायक हुन् भने उनको अभिनयकलाको नेपाली कला क्षेत्रले प्रशंसा गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend