साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन ८।
इस्मा गाउँपालिकामा बाल शिक्षा सहयोगी कार्यकर्ताहरुको लागि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । इस्मा गाउँपालिकाको आयोजनामा गाउँपालिकाका सवै बालकेन्द्र अन्तरगतका सहयोगी कार्यकर्ताहरुलाई तालिम प्रदान गरिएको हो ।
बालबालिकाले औपचारिक शिक्षाका आरम्भ गर्ने पहिलो खुट्किलो नै बाल विकास केन्द्र भएकाले सहयोगी कार्यकर्ताहरुको शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउन तालिम महत्वपूर्ण रहेको स्रोत व्यक्ति लाल बहादुर कुवंरले बताए ।गाउँपालिकाका ४६ वटा बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुलाई तालिममा सहभागी बनाइएको थियो ।
तालिममा लेखक तथा प्रशिक्षक रिता आचार्य र रिता घिमिरे तिमल्सेनाले बालमैत्री कक्षा संचालन, शैक्षिक सामगीको निर्माण, पाठ्यक्रममा आधारित सिकाई विधि मार्फत सहजीकरण गर्ने र बिषयगत सामग्रीहरुको प्रयोग गरि दण्ड रहित कक्षा संचालनका बिषयमा प्रशिक्षण प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।क्रियशन पब्लिकेशन काठमाण्डौले प्रशिक्षकको सहजीकरण गरेको थियो । पब्लिकेशनका व्यावस्थापक शिव गुरुङ्गले जिल्लाको इस्मा गाउँपालिका र मदाने गाउँपालिकामा संचालन भएको बाल शिक्षा सहयोगीहरुको आवासिय तालिममा काठमाण्डौका अनुभवी एवं दक्ष लेखकहरु प्रशिक्षकको रुपमा उपलब्ध गराएको जानकारी दिए ।
इस्मा गाउँपालिकामा ४६ बाल विकास केन्द्रमा नौ सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका छन् । तालिमको उद्घाटन तथा समापनमा गाउँपालिका प्रमुख लक्ष्मण बिष्ट, उपप्रमुख विमला खत्री लगायतको लगयतको उपस्थिती रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend