साझा नेटवर्क
साझा नेटवर्क ।
रोल्पा लुङग्री गाउँपालिका ६ तल्लो गुम्चाल बिदेशमा रहेको समूह तल्लो गुम्चाल प्रवासी समाज समूह दोहा कतारद्वारा आर्थिक हस्तान्तरण कार्यक्रम समाजको अध्यक्ष चोम बिष्टको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रममा लुङग्री गाउँपालिका ६ गुम्चालका अध्यक्ष यामलाल बिष्टको प्रमुख अथिती रहनु भएको कार्यक्रमको बिशेश अथितीमा अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाजका सदस्य योगेश चन्द्र थापा त्यस्तै अथिती मा दुर्ग बहादुर बिष्ट,बिग बहादुर बिष्ट,मेघ बहादुर बिष्ट,मदन रिजाल,ननु बिक,रुकमती बिष्ट, अमर रोका रोहित बिष्ट,तिलक बिष्ट,टेकुराम बिष्ट,टङक बिष्टको अथित्व थियो।
कार्यक्रममा प्रमुख अथिती बाट ब्यानर उद्घाटन गर्दै राष्ट्रिय गित बाट सम्झिदै ज्ञात अज्ञात सहिद पर्ती मोहनधारन गर्दै मेघ बहादुर बिष्टको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा रोल्पा लुङग्री ६ गुम्चाल निवासी टङक बिष्ट गत महिना रुख बाट लडेर गम्भीर घाइते भएका उपचारका लागि नेपालगन्ज अस्पतालमा उपचार भैइरहदा उपचारको लागि आर्थिक कमि भएको अवस्थाले उनको उपचारमा खर्च अभाव देखिएपछि सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो ।
उपचारमा सघाउन विदेशमा रहेका रोल्पा तल्लो गुम्चाल प्रवासी समाज समुह कतारको बिशेश पहलमा संकलन गरि पठाएको संकलित रकम मलेसिया बाट २३हजार र कतारबाट २७हजार गरि एकमुष्ट ५० हजार रकम पीडित टङक बिष्टलाई कार्यक्रमका सभापति र प्रमुख अथितीबाट हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा स्थापना कालदेखि हालसम्म भएको प्रतिबेदन समेत प्रस्तुत भएको थियो ।
मन्तव्य क्रममा मदन रिजाल,तुल बहादुर रोका,योगेश चन्द्र थापा साथै प्रमुख अतिथीले समाजले गरेको कार्यक्रम राम्रो भएको र आगामी दिनमा पनि समाजले राम्रो कामको सफलताको शुभकामना दिदै कार्यक्रम भब्य र सभ्य रूपमा सम्पन्न भएको थियो ।
साथै यस समाजले भाबी दिनमा थप प्रगति गर्दै नंया ढंगबाट जावस समाजिक कार्य प्रती आफ्नो पनि प्रतिबद्धता जाहेर गर्दै अन्त्यमा कार्यक्रममा उपस्तिथ सम्पुर्ण लाई धन्यवाद दिदै अगामी दिनमा पनि कार्यक्रम सहभागीताकोलागि अनुरोध गर्दै कार्यक्रम सम्पन्न भएको कार्यक्रम सभापति बिष्टले बताए। कार्यक्रम को संचालन महासचिव गङ्गा रोका ले गरेका थिए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend