logo
  • सोमबार, असोज १२ २०८३

जनज्योती माविको हिरक महोत्सव तथा धनधान्यान्चल महायज्ञ छैठौं दिन, स्थानियहरु उत्साहित


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, गुल्मी फागुन ७।
जनज्योती माध्यमिक विद्यालय मुसिकोट नगरपालिका वडा नं. १ अरेवाको सर्वाङ्गीण विकासको लागि आयोजित धनधान्यान्चल नवाह ज्ञान महायज्ञको छैठौं दिनको विविध कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा मुनपा १, अरेवा कै पूर्ण प्रसाद भुसाल, सुरेश चन्द्र भुसाल, दिनेश चन्द्र भुसाल, राम प्रसाद भुसाल ले संयुक्त रुपमा ५ लाख १ सय ५१ रुपैयाँ सहयोग गर्नुभएको छ। त्यस्तै अरेवा निवासी हाल अस्ट्रेलियामा रहनुभएका कृष्णप्रसाद चालिसेबाट ४ लाख ५ हजार ५ सय ५५, सोहि विद्यालयका शिक्षक ढाल वहादुर रायमाझि ३ लाख २५ हजार ५ सय पच्पन्न, आर्थिक समितिका संयोजक समेत रहनुभएका जित वहादुर पाठक २ लाख ६१ हजार १ सय ११, वडा अध्यक्ष समेत रहनुभएका पूर्ण वहादुर हितानले २ लाख ५१ हजार ५ सय ५५, अरेवा कै मित्रलाल घिमिरे २ लाख ५१ हजार १ सय ११, तथा ओम वहादुर रायमाझिको का छोराहरु जगत, डिल, तिल, लाल, टेक वाट संयुक्त रुपमा २ लाख ४ हजार सहयोग प्रदान गर्नुभएको छ।

हाल सम्म विद्यालय विकासको लागि भन्दै ५५ लाख वढि सहयोग रकम संकलन भएको विद्यालयका आर्थिक समिति संयोजक जित वहादुर पाठकले जानकारी दिनुभएको छ। कार्यक्रममा विश्व विख्यात श्रीमद्भागवत कथा प्रवक्ता बालयोगेश्वर महाराज जीले ले प्रवचन गरिरहनुभएको छ भने अन्य धार्मिक कार्यक्रम संचालन भैरहेको छ। विद्यालयको सर्वाङ्गीण विकासको लागि आयोजना गरिएको महायज्ञवाट १ करोड वढि रकम संकलन हुने लक्ष्य राखिएको विद्यालयका प्रधानाध्यापक इश्वरी प्रसाद आचार्यले जानकारी दिनुभएको छ। महोत्सवको आठौं दिनमा श्रम तथा रोजगार मन्त्रि गोकर्ण विष्टले संवोधन गर्ने कार्यक्रम रहेको विद्यालयले जनाएको छ। यस अघि पाँचौं दिनमा पूर्व प्रधानमन्त्रि बावुराम भट्टराईको सहभागिता रहेको थियो। १ गते वाट सुरु भएको नवाह महायज्ञ ९ गते समापन हुनेछ।

२०१६ सालमा स्थापना भएको विद्यालय २०४५/४६ सालमा निमावि तह तथा २०६६ साल देखि माध्यमिक तहमा संचालन हुँदै आएको छ। विद्यालयमा प्रावि तहको ४ स्थायी दरवन्दि १ राहत र निमावि तहको ४ दरवन्दि रहेको छ। हाल विद्यालयमा १८ जना शिक्षक तथा २ सय ७५ जना विद्यार्थी रहेका छन्। हिरक महोत्सव तथा श्रीमद् धनधान्यान्चल नवाह ज्ञानमहायज्ञमा राशि अनुसार सहयोग दातालाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रम स्थलवाट फोटो फिचर

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend