logo
  • शुक्रबार, असोज ९ २०८३

आई बोस ग्लोबल द्वारा सांस्कृतिक कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

केशब कंडेल,  कतार आषाढ २७।
मुस्लिम समुदायको चाड ईद अल फित्रको पहिलो दिन दोहाको अल-नकायन होटेलमा आईबोस ग्लोबल कतारले आयोजना गरेको “आई बोस ग्लोबल ईद सांस्कृतिक कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ । “नेपाली उत्पादनलाईबिश्व बजारमा प्रवर्द्धन गरौ राष्ट्र निर्माणको महान अभियानमा एक जुट हौ” भन्ने नाराका साथ सुरुभएको सो कार्यक्रम संयोजक गोपाल न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको हो ।
13613456_1152653344776732_4611851137121462144_o
उक्त कार्यकममा प्रमुख अतिथि आईबोस ग्लोबल कतारका प्रमुख नेत्र न्यौपाने रहेका थिए भने विशेष अतिथीमा रामदास भूर्तेल रहेका थिए । कार्यक्रममा कम्पनिमा सदस्यता भएका र कम्पनी प्रति रुचि राख्ने ब्यक्तिहरुको बाक्लो उपस्थीत रहेको थियो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने कलाकारको संयोजन संयोजक आश बहादुर गुरुङले गरेका थिए । बिभिन्न समयमा कतारमा कार्यरत विभिन्न क्षेत्रका कलाकारहरुको सम्मान गर्ने हेतुले सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ । सुदीप पोखरेलको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सन्चालन राम घिशिंगले गरेका थिए ।
13575963_10208143709808229_8573133767843004287_o

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अथिति नेत्र न्यौपानेले कार्यक्रममा उपस्थित नया तथा पुराना सदस्यहरुलाई आईबोस ग्लोबल कम्पनीको बारेमा जानकारी दिनु भएको थियो । देशको श्रमशक्ती दिनानु दिन बाहिरिदो अवस्थामा छ यो कुराको मनन गरेर कसरी हाम्रो देशको श्रम शक्तिलाई आफ्नै देशम रोक्न सकिन्छ अनि बाहिरिएको युबा शक्ती आफ्नै देशमा फर्काउनु पर्छ भन्ने महान बिचारका साथ जन्म भयको सो कम्पनि अहिले बिभिन्न १६ वटा देशमा सन्चालन भैसकेको छ भने कतारमा यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।
13592787_1160691210640153_5361114485493979126_n
“ग्राहक नै कम्पनीका प्रमूख सँचालक हुन” भन्ने आधारमा सञ्चालित यस कम्पनीको मूख्य उदेश्य नेपालमा उत्पादित अर्गानिक चिया लगायत अन्य विभिन्न जडीबुटीलाई प्रसोधन गरि बिस्वबजारमा पुर्याइ देसमा गरिबी र बेरोजगारीको समस्या समधानमा टेवा पुर्याइ स्वरोजगारको अबसर दिनु नै हो भने आईबोस ग्लोबल स्वास्थ्य र सौन्दर्य समन्धी बिश्वस्तरीय उत्पादनलाई बिधुतिय प्रणाली द्वारा हरेक जनमानसमा पुर्याउने उदेश्य रहेको र सो कम्पनीको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको बताएका थिए ।
13625274_1209380145761468_1249786182_n
यस कम्पनीका संचालक अन्तरास्ट्रिय डाइरेक्ट सेल्स उधोगको अन्तरास्ट्रिय फाइव स्टार अवार्ड पाउने सफल नेपाली व्यवसायी हब खड्का हुन् भने यो कम्पनिले हाल बजारमा ल्याएका उत्पादित सामान ‘अर्गानिक चिया’ ब्रासलेट र लकेट बजारमा पहिन्छ भने साबुन पेस्ट स्याम्फु तथा विभिन्न सैन्दर्यका समानहरु उत्पादनका लागि ललितपुर बाट सुरुवात गरिसकेको भन्दै अन्त्यमा प्रमुख अतिथी,बिसेष अतिथि,अतिथीहरू, स्थानीय कलाकारहरुका साथै कार्यक्रम सँचालकलाई धन्यवाद दिदै कार्यक्रम समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend