साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौ फागुन ६।
२५ वर्षदेखि एचआईभी संक्रमित भएर पनि विभिन्न शिखर आरोहण गर्दै आएका पूर्व राष्ट्रिय फुटवल खेलाडी गोपाल श्रेष्ठको सर्वोच्च शिखर सगरमाथा आरोहणलाई सघाउन राजधानीमा कर्णदास सांगितीक साँझको आयोजना गरिएको छ।
लायन्स क्लब अफ काठमाडौं टेम्पलले राजधानीको लाजिम्पाट उत्तरढोकास्थित म्युज रेष्ट्रो वारमा आयोजना गरेको कार्यक्रममा कर्णदासले करिब साँढे दुई घण्टासम्म आफ्ना लोकप्रिय गीतहरु प्रत्यक्ष रुपमा गाएर सुनाएका थिए। कार्यक्रममा कर्णदासले ठुला ठुला महल होइन, जिन्दगीको के भरोसा, भेटिएर छुट्नुभन्दा नभेटिएकै जाती हुन्थ्यो, पूरानो डुंगा, एउटै थियो मुटु, अनौठो व्यथा भएछ मेरो प्रेम कहानी, मनमनै मन पराईसकेछुलगायतका विभिन्न गीत गाएर सुनाएका थिए।
कार्यक्रममा आयोजक लायन्स क्लब अफ काठमाडौं टेम्पलले खर्च कटाएर वचत रकम हाललाई २ लाख रुपियाँ गोपाललई हस्तानरण ग¥यो। आयोजक टेम्पलबाहेक कार्यक्रममा सहभागी विभिन्न व्यक्तिले स्वतःस्र्फुतरुपमा १ लाख रुपिया“भन्दा बढी सहयोग गरेका थिए। कार्यक्रममा आयोजक संस्थाका तर्फबाट शारिरीक अपांगता भएका पोखराका २ पिडितका लागि ह्वीलचियर पनि हस्तानतरण गरिएको थियो। आयोजक टेम्पलका प्रेसिडेन्ट सुदर्शन महर्जनले एचआईभिजस्तो भयावह संक्रमण भएर पनि खानपान र परहेजमा बस्ने हो भने सामान्य मानिसले समेत गर्न नसक्ने अदम्य साहसपूर्ण कार्य गर्न सकिन्छ भन्ने दरिलो उदाहरणका रुपमा देखिएका गोपाल श्रेष्ठको सगरमाथा आरोहणलाई सघाउन कार्यक्रम आयोजना गरिएको बताए।
त्यसै गरी एरिया लिडर बालकृष्ण बुर्लाकोटी र लायन्स क्लब अफ काठमाडौं टेम्पलका पास्ट प्रेसिडेन्ट अरुणकुमार श्रेष्ठले लायन्स क्लबको सामाजिक उत्तरदायित्व र लायन्सले गर्दै आएको सामाजिक कार्यबारे चर्चा गरेका थिए। गोपाल श्रेष्ठले आफ्नो सगरमाथा आरोहण विश्वकै लागि नयाँ कुरा हुने विश्वास व्यक्त गरे।
उनको सगरमाथा आरोहणका लागि ४३ लाख रुपिया“ खर्च हुने बताइएको छ। कार्यक्रममा गायिका सुनिता गुरुङले पनि गीत प्रस्तुत गरेकी थिइन् भने मनाङ गुरुङको कोरियोग्राफीमा कौरा नृत्य प्रस्तुत गरिएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend