साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी फागुन ५ ।
नेकपा मालिका गाउँपालिका कमिटीले सवै वडा कमिटीहरुको सफत ग्रहण सम्पन्न गरेको छ । माघ २९ बाट शुरु सफत ग्रहण अभियान आइतबार घमिरमा सकिएको हो ।
संगठन निर्माणको क्रममा मालिका गाउँपालिका वडा नं १ मा अध्यक्ष महेन्द्र विक र सचिव ढाल बहादुर बोहोरा, वडा नं २ मा अध्यक्ष भुपालसिंह खत्री र सचिव बालुराम अर्याल, वडा नं ३ मा अध्यक्ष तुल बहादुर विक र सचिव खगेश्वर घिमिरे, वडा नं ४ मा अध्यक्ष राम प्रसाद अर्याल र सचिव तन बहादुर नेपाली सहितको वडा कमिटी गठन गरिएको नेकपा मालिका गाउँकमिटीले जनाएको छ ।
त्यस्तै वडा नं ५ मा अध्यक्ष उपेन्द्र बहादुर खड्का र सचिवमा चन्द्र बहादुर महतरा, वडा नं ६ मा अध्यक्ष शेर बहादुर केशी र सचिवमा डिलाराम अर्याल, वडा नं ७ मा अध्यक्ष चन्द्रमणी लम्साल र सचिवमा ज्ञानराज पन्थी तथा वडा नं ८ मा अध्यक्ष तुल्सीराम अर्याल र सचिवमा एक राज अर्याल रहेको मालिका गाउँपालिका अध्यक्ष देविराम अर्यालले जानकारी दिनुभयो ।
नेकपा प्रदेश सदस्य वीर बहादुर कार्की, नेकपाका जिल्ला स्तरिय नेता रित बहादुर थापा, देवा अर्याल, प्रेमप्रकाश भट्राई, ओम कार्की, ज्ञान कुमार बुढा, अध्यक्ष अर्याल, सचिव रनमाया पुन लगायतले वडा कमिटीका पदाधिकारी र सदस्यहरुलाई सफत ग्रहण गराएका थिए ।
नेकपा मालिका गाउँकमिटी अध्यक्ष देविराम अर्यालले मालिका गाउँपालिकामा संगठनका संरचान निर्माण भएकाले गाउँपालिकाको वृद्धि र विकासमा समन्वय गर्ने, जनप्रतिनिधीहरुलाई सजक र क्रियाशिल बनाउने साथै पार्टीका नियामित गतिविधी अगाडी बढाउने बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend