साझा नेटवर्क
बुटवल, आषाढ २६ ।
रुपन्देही ई–रिक्सा चालक संघले रिक्सा व्यवस्थापनका लागि बनेको सुझाव कार्यादलले गरेका निर्णयप्रति आपत्ति जनाउदै आज बुटवलमा बिरोध प्रदर्शन गरेको छ ।
संघले रिक्सा व्यवस्थापका लागि बनेको कार्यदलले गरेका अधिकांश बु“दाहरु चालक र ई–रिक्सा व्यवसायीको हित विपरितका रहेको भन्दै उक्त निर्णयहरु आफूहरुलाई स्वीकार्य नहुने बताएको हो । बुटवलको पुष्यपलााल पार्कमा जम्म भएका ई रिक्सा चालकहरुको अबरोधका कारण केहिबेर बुटवलको ट्राफिक ब्याबस्था केहि बेर अस्तब्यस्त बनेको थियो ।
संघका अध्यक्ष दिनेश जोशीले उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष नर्वु लामाको संयोजकत्व र त्यसपछि प्रमुख जिल्ला अधिकारी विष्णप्रसाद ढकालको अध्यक्षतामा बसेको बैठकले गरेको १४ बु“दे निर्णय प्रति असहमति रहेको जनाउदै आन्दोलन गर्नुपरेको बताए ।
बैठकले बुटवल उप–महानगरपालिकाको सिफारिसमा यातायात व्यवस्था कार्यालयबाट रुप इजाजत दिएपछि मात्र ई–रिक्सा सञ्चालन गर्ने, भाडादर २० रुपैया“ कायम गर्ने, ४ र ६ लेनको सडका ई–रिक्सा सञ्चालन गर्न नपाइने लगायत १४ बु“दाहरु रहेका छन् । रिक्सा चालकहरुले सुझाव कार्यदलमा आफूहरुलाई सहभागी नगराइएको पनि आरोप लगाएका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend