साझा नेटवर्क

शशीधर भण्डारी,प्यूठान फागुन ४ ।
नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाको ३३ औँ साधारणसभा शुक्रबार स्वर्गद्धारी आधार शिविर भिंगृमा रहेको स्वर्गद्धारी धर्मशालामा सम्पन्न भएको छ । २०३४ सालमा प्यूठानमा स्थापना भएको रेडक्रस सोसाइटीले ३३ औँ साधारणसभा मनाएको हो ।
‘रेडक्रस सबै ठाउँमा, सबैका लागि’ भन्ने नारा सहित विविध निर्णय सहित साधारण सभा सम्पन्न गरेको नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाले जनाएको छ । शाखाले स्वयंसेवक विमाको लागि केन्द्रमा पहल, प्रत्येक स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन र तालिम प्राप्त स्वयंसेवकको व्यवस्थापन गर्न पहल, रक्तदान बढाउन सचेतिकरण, विद्यालय तथा समुदायमा रक्त परिक्षण, रक्त सञ्चार गृह निर्माणको लागि पहल लगायतका विषयको निर्णय गर्दै सभा सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी प्यूठान जिल्ला शाखाका सभापति गुमानराज पुृलामीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी माण्डवी उपशाखाको आतिथ्यता,प्यूठान जिल्ला शाखाको आयोजना,सभापति गुमानराज पुलामीको अध्यक्षता, जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यता तथा स्वर्गद्धारी नगरपालिकाका नगर प्रमुख नेत्र बहादुर रोकाय,प्यूठान नगरपालिकाका नगर प्रमुख अर्जुन कुमार कक्षपति र जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीकोको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा पत्रकार, रेडक्रस उपशाखाहरुका सदस्यहरु,प्यूठान उद्योग बाणिज्य संघ प्यूठानका केदारमान कक्षपति लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमबाट उत्कृष्ट संचारकर्मी तर्फ पत्रकार शशिधर भण्डारी सम्मानित भएका छन् । अविर माला सहित भण्डारीलाई कदर पत्रले सम्मान गरिएको हो । यस्तै संघ संस्था युनिक मेडिको फर्मा र उद्योग बाणिज्य संघ, व्यक्ती राधा के.सी. प्यूठान अस्पताल, रक्तदाता तर्फ बाल बहादुर पुलामी र शिवराज पोख्रेल, उपशाखा नेपाल रेडक्रस सोसाइटी मच्छी उपशाखा,नेपाल जुनियर÷युवा रेडक्रस सर्कलमा भानुभक्त माद्यामिक विद्यालय बर्बोट, प्रध्यानाध्यापक तथा नेपाल जुनियर÷युवा रेडक्रस सर्कलमा लाल बहादुर एम.सी. सम्मानीत भएका हुन् । साथै तुलस स्मृति पुरस्कार कोष अन्तरगत स्वयंसेवक बासु रेग्मी, शिक्षक नायक रुद्रलाल भुसाल, जुनियर रेडक्रस सर्कल सदस्य जय बहादुर वि.क. पुरस्कृत भएका छन् ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend