logo
  • सोमबार, असोज १२ २०८३

खुट्टा नचल्ने बृद्धलाई ह्वील चियर वितरण


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टिकाराम पोख्रेल,  प्यूठान फागुन १ ।
‘मर्नेबेलामा हिँडडुल गर्ने चाहना पुरा गर्नेलाई आशिर्वाद छ’ प्यूठान नगरपालिका,७ गाँजुरी निवासी यगी सापकोटा (सार्की) ले भनिन ।दलित उत्थान सामुदायिक विकास केन्द्र प्यूठानले ७० वर्षिय जेष्ठ नागरिक यगी सापकोटा (सार्की) लाइ मंगलवार एक कार्यक्रमका वीच ह्वील चियर प्रदान गरेको छ। काठमाण्डौमा रहेका विभिन्न निकायहरुको सहयोगमा सापकोटालाई ह्वील चियर सहयोग गरिएको केन्द्रका अध्यक्ष सन्तोष नेपालीले बताए । उनले भने ‘दलित, असाय तथा अपाङ्गको सहयोगमा संस्था सधै प्रयत्नशील रहेन छ ।’

ह्वील चियर वितरण कार्यक्रममा स्थानीय समाजसेवी उमाराम पौडेल,शिक्षक तथा समाजसेवी शरदराज पौडेल,समाजसेवी सांङ्ली दमीनी,सञ्चारकर्मीहरुको उपस्थित रहेको थियो । ‘ एकाएक खुट्टा चल्नै छोडेका थिए ’ बुहारी मिना सापकोटाले भनिन । ह्वील चियरले बृद्ध सापकोटालाई हिडडुल गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend