logo
  • सोमबार, असोज १२ २०८३

घरघरमा पानीका धारा कुमाल बस्तिमा खुसियाली


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

टीकाराम पोखरेल,प्यूठान माघ २८ । पानी बोक्नमै विहान साँझको समय जान्थ्यो अझ वर्षायाममा त माडिखोलाको धमिलो पानी खानु हाम्रो बाध्यता थियो स्थानीय विमला के.एम.ले दुखेसो व्यक्त गरिन ।‘ हाम्रा बच्चाहरुलाई गृहकार्य गर्न भन्दा पनि पानी बोक्नमै लगाउनु पर्दथ्यो’प्यूठान नगरपालिका,१ किट्घाट निवासी के.एम.ले भनिन‘ हाम्रा जन प्रतिनिधिहरु र झिमु्रक एकिकृत विकास केन्द्रले हाम्रो माग सुन्नु भयो हामी खुसी छौं । विमला संगै किट्घाटका २८ घरधुरी यतिवेला हर्षित छन ।

प्यूठान नगरपालिको ४ लाख ४५ हजार, बुटवल पावर कम्पनीको साझेदारीमा झिमु्र एकिकृत विकास केन्द्र सामाजिक उत्थान कार्यक्रमको ४ लाख ५० हजार र स्थानीयको ४ लाख उन्चालिस हजार ८ सय ४३ जनश्रमदान सहित कुल १३ लाख ३४ हजार ८ सय ४३ बरावरको किट्घाट लिफ्ट खानेपानी तथा सरसफाई योजना सम्पन्न भएको छ । पछाडी पारिएको यस कुमाल बस्तिमा घरघरमा २८ वटा धारा बने पछि स्थानीय हर्षित बनेका हुन । कार्यक्रमवाट २६ घर जनजाती, २ घर अन्य गरि २८ घर र १३४ जनसंख्या लाभान्वित भएका छन ।

आईतवार योजनाको उद्घाटन गर्दै प्रमुख अतिथि प्यूठान नगरपालिका नगर प्रमुख अर्जुन कुमार कक्षपतिले पानीको अभाव भएको यस बस्तिलाई पहिलो प्राथमिकता दिई योजना सञ्चालन गरिएको बताए ।‘ खानेपानी भयो अव जीविकोपार्जनका लागि उद्यमशिलतामा लाग्नुस ’नगर प्रमुख कक्षपतिले भन्नु भने ‘बढि भएको पानीले तरकारी खेती गर्नुस विरुवाको अभाव भए नगरपालिकामा आउनुस ।’वर्षातको समयमा माडिखोलाको धमिलो पानी खाँदै आएका किट्घाटका स्थानीयलाई नगर प्रमुख कक्षपतिले पूर्ण सरसफाईमा थप सहयोग गर्न साझेदार संस्था झिमु्रक एकिकृत विकास केन्द्रलाई सुझाए उनले भने अनाबस्यक खर्च कटौती गरी लघु उद्यम तर्फ आकर्षण बढाउनु प¥र्यौ ।

पानीको अभाव भएको किट्घाटका स्थानीयले योजनामा उल्लेखनीय जनश्रमदान गरेको कार्यक्रमका विशेष अतिथि नगर उप प्रमुख शान्ता आचार्यले बताईन ।‘खानेपानीको अभावमा महिलाहरुलेनै बढि श्रम गर्नु पर्दछ ’उप प्रमुख आचार्यले भनिन‘योजनाले महिलाहरुको कार्यबोझ घटाउनुका साथै बालबालिकाले विहान साँझ पानी बोक्न नपर्दा बाललालिकाको शैक्षिक अधिकार पनि सुनिश्चत गरेको छ ।’उनका अनुसार अव महिलाहरुलाई आयआर्जनमा प्रेरित गर्नु पर्दछ नगरपालिकाले महिला उद्यमीहरुलाई प्राथमिकता दिने छ ।

कार्यक्रममा वडा अध्यक्ष रमेस कुमार आचार्य,झिमु्रक एकिकृत विकास केन्द्रका कोषाध्यक्ष नेत्रमणी आचार्य लगाएतले मन्तव्य राखेका थिए । योजनाको अध्यक्ष मिन बहादुर के.एम.को अध्यक्षता,खेत बहादुर बोटेको स्वागत मन्तव्य संगै शूरु भएको उद्घाटन कार्यक्रमको सञ्चालन झिमु्रक एकिकृत विकास केन्द्रका दल बहादुर के.सी. गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend