logo
  • सोमबार, असोज १२ २०८३

६ वर्षदेखि फरार अभियुक्त पक्राऊ


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क प्यूठान,माघ २२ । कर्तव्य ज्यान मुद्धाका फरार १ अभियुक्तलाई प्रहरीले  झण्डै ६ वर्ष पछि पक्राउ गरेको छ । २०६९ पुष ३ गते साविकको पुजाँ गाविस वडा नं. १ गोसाइखेत निवासी लाल बहादुर केसीका छोरा विज्ञान के.सी को हत्याका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार करिव ६ वर्ष पहिले अग्लुङफेदी गुल्मीबाट प्यूठानको ठुलावेशी आउँदै गर्दा धारिलो हतियार प्रयोग गरी रमेश मल्लले केसीको हत्या गरेका थिए । नाताले रमेश र विज्ञान फुपु-मामाको छोरा थिए ।

गौमुखी गाउँपालिका ३ (साविक पुजा १) घर भइ रुपन्देही बुटवल उप– महानगरपालिका १२ नयाँगाउँ लुकिछिपी बस्दै आएका ३३ वर्षका रमेश मल्ललाई ६ वर्ष पछि आइतवार समातेको जिल्ला प्रहरी प्रमुख निर्मल बुढाथोकीले जनाकारी दिए ।

प्रहरी हवल्दार रविन्द्र बिक्रम सहितको टोलिले बुटवल स्थित नयाँगाउँबाट मल्ललाई पक्राउ गर्न सफल भएको हो । हत्यापछि रमेश मल्ल फरार हरेको थिए ।

पक्राउ पछि प्रतिवादी रमेशलाई (आज) सोमबार प्यूठान जिल्ला अदालतमा पेश गरी अदालतको आदेश अनुसार कानुन बमोजिम कैद भुत्तानका लागि कारागार पठाइएको प्रहरी प्रमुख बुढाथोकीले जानकारी दिए ।

सम्मानित जिल्ला अदालत प्यूठानले कर्तव्य ज्यान मुद्धामा मल्ललाई २०७२ भदौ २८ गते १९ वर्ष ११ महिना ५ दिन कैद सजायको फौसला गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend