logo
  • शनिबार, साउन ९ २०८३

गुल्मीमा विकास निर्माणका काममा १० दलको ध्यानाकर्षण


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

अनिल खत्री, गुल्मी आषाढ २६ ।
गुल्मी जिल्लामा सरकारी निकायबाट बिकास निर्माण भइरहेको कामहरु प्रति जिल्लास्थित क्रियाशिल १० दलले आफ्नो ध्यानकर्षण भएको जनाएका छन् ।

दलहरु सयुक्त रुपमा बिज्ञप्ती जारी गर्दै जिल्लामा अधिकांस स्थानमा योजना सम्झौता भएको लामो समयसम्म काम सुरु नगर्ने र असार महिना लागे पछि हतारमा काम गर्ने गरेको पाईएको विज्ञप्तीमा उल्लेख छ । यसरी ढिलो काम सुरु भई कम काम गरिएका योजनाहरुमा बढि भुक्तानी नदिन, निलन हामी सम्वद्ध सवैमा हार्दिक अपिल गर्दछौं बिजप्तीमा उल्लेख छ ।

दलहरुले जारी ६ वुँदे प्रेस विज्ञप्तीमा उपभोक्ता समिति गठन, योजना कार्यन्वयन र अनुगमनमा व्यापक उपभोक्ताहरुको सहभागिता हुनु पर्नेमा सो नभई अधिकांसमा योजना कार्यन्वयनमा जनसहभागिता निकै रहेको पाईएको जनाएका छन् । उपभोक्ताहरुको सहभागितामा सार्वजानिक सुनुवाई गरिनु पर्ने र ५ लाख भन्दा माथीको योजनाको होर्डिङ्ग वोर्ड राखेर जनतालाई व्यापक सुचित गरिनु पर्ने लगायका मागहरु पनि राजनैतिक दलहरुले राखेका छन् ।

सार्वजनिक निर्माण सेवालाई समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्न तथा काम सम्पन्न नभई भुक्तानी नदिन सरोकारवाला निकायलाई ध्यानाकषर्ण गराउदै पटक पटक विद्युत टेलिफोन र इन्टरनेट सेवा अनियमित भई गुल्मीवासीले दुख पाएको प्रति पनि ध्यानकृष्ट गराएका छन् । केहि दिन पहिले सञ्चारमाध्यमहरुमा राजनीतिकदलहरु संग जोडिएर आएको समाचार प्रतिदलहरुको ध्यानाकर्षण भएको जनाएका छन् ।

जारी विज्ञप्तीमा नेकमा एमालेका अध्यक्ष मधुकृष्ण पन्त, नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य बिरबहादुर कार्की, राप्रपा नेपालका सचिव अनिल कक्षपति, राप्रपाका प्रतिनिधी टोपबहादुर खत्री, नेकपा मालेका पुष्पा राउत, राष्ट्रिय जनमोर्चाका कमल अर्याल, नेपाल परिवार दलका पशुपति पाण्डे, अखण्ड नेपालका नेत्रबहादुर बस्नेत नेकपा क्रान्तिकारी माओवादीका नन्दराम राना र नयाँ शक्ति नेपालका घनश्याम पाण्डेको हस्ताक्षर रहेको छ ।

dal

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend