logo
  • सोमबार, असोज १२ २०८३

सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण सम्पन्न


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

साझा नेटवर्क, गुल्मी माघ २०।
गुल्मीको गुल्मीदरबार गाउँपालिका १ बलिथुममा जनप्रतिनिधि, स्थानीय सभाका सदस्य र वडास्तरका नागरिकहरुलाई सामाजिक जवाफदेहिताका औजार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । एकीकृत गामीण विकास समाज गुल्मीको आयोजनामा पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।

स्थानीय तहको सेवाप्रवाहलार्इृ छिटोछरितो, जवाफदेही, सुशासनमैत्री र पारदर्शी बनाउनका लागि उक्त सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको संस्थाले जनाएको छ । कार्यक्रममा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण, सामाजिक परीक्षण, सुचनाको हक लगाएतका विषयमा जानकारी गराइएको थियो ।

साथै स्थानीय तहको योजना तर्जुमा, कार्यान्वयन र अनुगमनमा नागरिक सहभागिता अभिवृद्धिका विषयमा समेत अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा वडास्तरको कामलाई थप प्रभावकारी बनाउन स्थानीय नागरिक समाज, संघसंस्था र वडा कार्यालयबीचमा ५ बुँदे सम्झौतासमेत भएको छ ।

उजसमा वडामा सञ्चालित सबै योजनाहरुको अनिवार्य रुपमा सार्वजनिक परीक्षण गर्ने, दोस्रो चौमासिकमा वडाले सार्वजनिक सुनुवाई आयोजना गर्ने, योजनाको डिजाइन, स्टिमेट नेपाली भाषामा बनाउन गाउँपालिकामा माग गर्ने र आगामी वर्षको योजना तर्जुमा गर्दा ५/६ लाखभन्दा कमका योजनाहरु छनौट नगर्ने लगाएतका विषय उल्लेख छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष रामबहादुर पल्लीले उक्त प्रतिबद्धताहरु पुरा गर्नका गाउँपालिकासम्म समन्वय गर्ने बताउनुभयो । कार्यक्रमको सहजीकरण एकीकृत ग्रामीण विकास समाज गुल्मीका अध्यक्ष हिरा अर्याल, उपाध्यक्ष भगवती श्रीस लगाएतले गर्नुभयो ।

वडाध्यक्ष रामबहादुर पल्लीको अध्यक्षता, वडासदस्य सुर्यबहादुर कुवँरको स्वागत मन्तब्यमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन वडासचिव ओमप्रकाश खनालको गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend