साझा नेटवर्क
कमल पौडेल
२० माघ २०७५-बडिगाड
मुसिकोट नगरपालिका ८, वामीमैदान नजिकै ग १ ज ८३५७ नं. को पिकअप जिप दुर्घटनाहुँदा २ जनाको ज्यान गएको छ। सो दुर्घटनामा गाडिका मालिक २८ वर्षिय ठाकुर सापकोटा र ५५ वर्षिय पुतली सिंह ठकुरीको ज्यान गएको वामी प्रहरी चौकीका इन्चार्ज परमेश्वर चौधरीले जानकारी दिनुभएको छ।

त्यस्तै सो दुर्घटनामा बडिगाड गाउँपालिका १, का १५ वर्षिय कमल कार्कि र मुसिकोट नगरपालिका वडा नं. ८ का ४८ वर्षिय हरिकला कार्कि घाइते हुनुभएको छ। दुवै घाइतेको अवस्था सामान्य रहेको यद्यपी दुर्घटनाको केशमा २४ घण्टा निग्रानीमा राख्नुपर्ने भएकोले पाल्पा पठाउन लागिएको लुम्बिनी वामी हस्पिटल वामीटक्सारका डा. गिरेन्द्र साहनीले बताउनु भएको छ।
सो पिकअपको चालक रोशन राना भएपनि गाडिधनी सापकोटाले आफै चलाई गाडि फर्काउने अवस्थामा व्याक गर्दा वामी मैदान चौपारी नजिकैवाट झण्डै १५० मिटर तल खसेको प्रत्यक्षदर्शि समेत रहेका चालक रानाले जानकारी दिनुभएको छ। घटना विहान झण्डै १० वजे भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend