logo
  • सोमबार, असोज १२ २०८३

पूर्वमन्त्रि रोकामाथी कुटपीट


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

सर्जना कार्की रुकुम(पूर्व),माघ १९ । पूर्व सहायक मन्त्रि तथा काङग्रेसका नेता केशरमान रोका लगायत अन्य चार जना माथी रुकुमकोटमा कुटपीट भएको छ । मन्त्रि रोका लगाएत काङग्रेसका ध्रुव बुढा,नेकपाका सतमान पुन र पुनिराज घर्तिमाथी कुटपीट गरीएको हो । रुकुमकोटमा आन्दोलन चलीरहेको छ । आन्दोलन चलीरहेको बेलामा बन्दको अवज्ञा गरेको भन्दै कुटपीट गरेको आन्दोलनका सहभागीहरुले बताएका छन् ।

कुटपीटको क्रममा रोकाको घाटीमा सामान्य चोट लागेको र स्थानिय मेडीकलमा उपचार गराएपछि उहाँको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले जानकारी दिनुभयो ।

रुकुमकोटमा आफु सदरमुकामको विषयमा वार्ता गर्न भनि आएको र आउदा आफुमाथी आक्रमन भएको मन्त्रि रोकाले बताउनुभयो । यता रुकुमकोट सदरमुकाम आन्दोलन संर्घष समितिले भने उहाँ रुकुमकोटमै बसेर वार्ता गरौ भन्दा नमानेर गोलखाडा जान खोजेपछि झडप भएको बताएको छ ।

रुकुम (पूर्व) को सदरमुकामको विवाद विचाराधिन रहेतापनि जिल्लामा भने विवाद बढ्दै गएको छ । रुकुमकोट सदरमुकामको पक्षमा आन्दोलनरतहरुले गर्दै आएको आन्दोलन थप सशक्तबन्दै गएको छ भने गोलखाडावासीहरुले पनि सरकारले सदरमुकाम गोलखाडामा तोकेको निर्णय कार्यान्वयनको लागि कार्यक्रम गर्दै आएकाछन् ।

यसैबिच जिल्लाको रुकुमकोटमा शुक्रबारबाट यातायातका साधन र बजार ठप्प पारिएको छ । रुकुमकोटमा नै रुकुम (पूर्व) को स्थायी सदरमुकाम माग राख्दै आन्दोलनरत स्थानीयको पक्षमा यहाँका यातायात व्यवसायी र ब्यापार व्यवसायीहरुले बन्द गरेका हुन् । रुकुमकोटमा रहेको जिल्ला सदरमुकाम तत्कालीन शेर बहादुर देउवा नेतृत्वको सरकारले २०७४ माघ ११ गते पुथाउत्तरगङ्गा गाउँपालिकाको १२ गोलखाडामा राख्ने निर्णय गरेको थियो । सरकारको त्यस निर्णय विरुद्ध रुकुमकोट र रुकुमकोट आसपासका नागरिक आन्दोलनमा छन् ।
देउवा नेतृत्व सरकारको त्यस निर्णय विरुद्ध २०७४ माघ १७ मा सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटको सुनुवाइ गर्दै सर्वोच्चले तत्काल सदरमुकाम नसार्न अन्तरिम आदेश दिएपछि केहि शान्त भएपनि यहि १४ गतेबाट पुनःआन्दोलनका कार्यक्रमहरु सुरु गरिएको छ । रिट दर्ता भएयता सर्वोच्च अदालतले सरकार र रिट निवेदकलाइ पटकपटक पेशि र साधारण तरीकाले बोलाए पनि अहिलेसम्म कुनै फैसला भएको छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend