logo
  • सोमबार, असोज १२ २०८३

किर्ते उपभोक्ता समिति बनाएका सिँचाई कार्यालयका प्रमुखद्धारा माफि


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हुमाकान्त पोखरेल, गुल्मी माघ १९।
१५ लाखको योजनामा किर्ते उपभोक्ता समिति बनाएर कामको सम्झौता गरेका जलस्रोत तथा सिँचाई डिविजन विकास कार्यालय गुल्मीका प्रमुख विराट ज्ञवालीले माफि मागेका छन् ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको रोहवरमा बसेको छलफलमा उनले माफि मागेका हुन् । उनको किर्ते कामबिरुद्ध उनलाई निलम्बनको माग गर्दै अनेरास्व्वियु र अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीले प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापन पत्र बुझाएका थियो । शुक्रबार प्रशासन कार्यालयले कार्यालय प्रमुख ज्ञवालीसहित जिल्ला समन्वय समिति प्रमुख लक्षमण पराजुली तथा दुवै संगठनका प्रमुखहरुलाई बोलाएर छलफल गरेको थियो । छलफलमा कार्यालय प्रमुख ज्ञवालीले आफ्नो गल्ति स्वीकार गर्दै अबदेखि त्यस्तो गलत काम नगर्ने प्रतिवद्धता गरेको अनेरास्ववियु (क्रान्तिकारी) गुल्मीका संयोजक भरत चन्दले जानकारी दिए ।

जिल्लाको मुसिकोट नगरपालिकाको २ र ३ तथा इस्मा गाउँपालिकाको १ र २ मा निस्ति खोलाले बर्षेनी कटान गर्छ । कटान रोक्न ५ नं प्रदेशको भौतिक पुर्वाधार मन्त्रालयबाट १५ लाख बजेट बिनियोजन ग¥यो । कामका लागि पुसको पहिलो हप्ता दुवै स्थानीय तहका जनप्रतिनिधीको रोहवरमा श्रीराम महतको अध्यक्षतामा निस्ती खोला नियन्त्रण योजना उपभोक्ता समिति पनि गठन गरियो । तर कार्यालयले त्यो समितिलाई थाहै नदिई अर्को समिति बनाएर कामको सम्झौता गरेको खुलासा भएको थियो । उपभोक्ता समितिका अध्यक्ष महत योजनाको सम्झौता गर्न कार्यालय पुग्दा यो रहस्य खुलेको हो ।

कार्यालय र केहि स्थानीयहरुको मिलेमोतोमा सोहि योजनाकै नक्कली नामाकरण गरि ‘ढाँडखोला निस्ती खत्रीकाटुडा’ तट्बन्ध उपभोक्ता समिति गठन गरिएको छ । जसको अध्यक्ष यम बहादुर खत्री हुन् । यो योजनाबाट करिव डेढ सय उपभोक्ता लाभाम्बित हुन्छन् । उपभोक्ता समिति गठन हुमतको उपस्थिती हुनुपर्ने कानुनी प्राबधान छ । तर नक्कली भनिएको समितिमा एकाघरका सहित १३ जनाको उपस्थिती उठाइएको थियो । कार्यालयका सह–इन्जिनियर शालिकराम भुसाल र इन्जिनियर श्याम सुन्दर ठाकुरलाई बोधार्थ बनाई कार्यादेश उठाइएको प्रमाण भेटिएको थियो । भने इस्मा उँपालिका १ हस्तिचौरका वडाध्यक्ष चुरा बहादुर खत्रीले समेत सम्झौताको लागि सिफारिस दिएका थिए ।

त्यस्तै कार्यालय प्रमुख ज्ञवालीले सम्झौताको टिप्पणी र आदेशमा समेत मिति उल्लेख नगरिएको भेटिएको थियो । कार्यालय, उपभोक्ता समिति र वडा अध्यक्षले गरेको सिफारिस सवै गैर कानुनी भएको आशंका गरिएको थियो । यससम्बन्धमा कार्यालय प्रमुख ज्ञवालीले महतकै अध्यक्षतामा गठन भएको समितिसँग कामको सम्झौता गर्ने र किर्ते उपभोक्ता समितिलाई कार्यालयले आफ्नो ढङ्गबाट व्यवस्थापन गर्ने सहमती भएको अनेरास्ववियु गुल्मीका संयोजक राजेन्द्र विक्रम कुँवरले बताए ।

कमिसन नखाने प्रतिबद्धता

जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय प्रमुखले यो संगै उपभोक्ता समितिसंग काम गर्दा पैसाको बार्गेनिङ्ग गर्ने गरेको समेत खुलेको थियो । यो बर्षनै ५ नम्बर प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयबाट इस्माको लागि ‘छल्दि अल्छिङ सिँचाई योजना’ शिर्षकमा एक करोड विनियोजन भएको छ । स्थानीय माया खत्रीको अध्यक्षतामा उपभोक्ता समितिको पनि गठन गरियो ।

खत्रीसहित स्थानीय दान बहादुर जिसी सम्झौताको लागि सिँचाई कार्यालयमा पटक–पटक आए । तर जिसीलाई कार्यालय प्रमुख विराट ज्ञवालीले २० प्रतिशत कमिशनको बार्गेनिङ्ग गर्ने गरेका कारण अहिलेसम्म सम्झौता भएको थिएन् । यससम्बन्धमा कार्यालय प्रमुख ज्ञवालीले आगामि दिनमा कमिसन नमाग्ने र बिना कमिसन कार्यालयमा सम्झौता गरिदिने प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौड्यालले जानकारी दिए ।

कार्यालय प्रमुख विराट ज्ञवालीले आगामी दिनमा उपभोक्ता समिति गठन गर्दा आफूहरु अनिवार्य उपस्थित हुने प्रतिवद्धता जायर गरे । साथै अहिले गठन गरिएको समितिलाई अन्य शिर्षकको रकमान्तर गरेर काम दिइने उनले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend