साझा नेटवर्क
अन्जान अधिकारी, गुल्मी माघ १९।
आज मिति २०७५/१०/१९ गते सुशासन अभियान गुल्मीको बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सुशासन अभियान गुल्मीको कार्यालय रे.ने.पा १ पुतलीबजार तम्घासमा सम्पन्न भएको छ ।
तेस्रो अधिवेशन बाट आगामी कार्यकालका लागि श्यामकुमार पाण्डेयको अध्यक्षतामा नयाँ कार्यसमितिको सर्वसम्मति बाट निर्वाचन सम्पन्न भएको छ । जस अनुसार उपाध्यक्षमा ढुण्डीराज पोखरेल,सचिव विनोद पाण्डेय,सह–सचिव धनेन्द्र विश्वकर्मा, कोषाध्यक्ष ताराकुमारी पौड्याल, सदस्यहरुमा वेदप्रसाद कुँवर,गुणानिधि शर्मा,डोर विक्रम श्रीस,अशोक पाण्डेय निर्वाचित हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा रामप्रसाद खनाल र सदस्यमा अञ्जना अधिकारी रहनु भएको थियो । संस्थाको नवनिर्वाचित कार्य समितिको पहिलो बैठक कार्यालयमा बसी भ्रष्टाचारका विरुद्ध सुशासनको क्षेत्रमा अझ ससक्त भएर कार्यक्रमहरु अगाडी बढाउने तथा सुशासनको क्षेत्रमा प्रभावकारी कार्यगर्ने व्यक्ति तथा संस्थालाई प्रोत्साहन स्वरुप सम्मान समेत गर्दै जाने निर्णय गरेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend