साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी माघ १७ ।
गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ३ ह्वाङ्गदीमा ‘जिरो होम डेलिभेरी’ अभियान सुरु भएको छ । मालिका गाउँपालिका अध्यक्ष रित बहादुर थापाले स्थानीय गर्भवती महिला उमा घर्तीको घरमा हरियो झण्डा झुन्डाएर अभियानको सुरुवात गरे ।

ह्वाङ्गदीमा सुआहारा गुल्मीको प्राविधिक सहयोगमा मालिका गाउँपालिकाले अभियान संचालन गरेको छ । बुधबारनै स्थानीय जनप्रतिनिधी, स्वास्थ्यकर्मी, महिला स्वयसेविका र सरोकारवालालाई जिरो होम डेलिभेरीको महत्वका बारेमा सचेतना प्रदान गरिएको छ ।

सुआहारा जिल्ला संयोजक कृष्ण गुरुङ्गले जिरो होम डेलिभेरीको महत्व, सुचक र पोषणको महत्व र सुनौला हजार दिनका बारेमा सहजिकरण गरेका थिए । सोहि अवसरमा एकिकृत ग्रामिण विकास समाजका अध्यक्ष हिरा एसीले जिरो होम डेलिभेरीको कार्ययोजना प्रस्तुत गरेका थिए ।
उनले आफुहरुको सानो प्राविधिक सहयोग मात्रै भएकाले यो अभियानलाई पूर्णता दिने काम स्थानीयको भएको बताए । त्यस्तै गाउँपालिका प्रमुख रित बहादुर थापाले घरमै बच्चा जन्माउँदा आमा र बच्चाको मृत्यु हुने संभावना कम गर्न यो अभियान संचालन गरिएको बताए ।
उनले जोखिमका कारण मृत्यु हुने र अपाङ्ग बच्चा जन्मिएर परिवार र समुदायमा त्यसको पीडा धेरै हुने भएकाले सवैले यो बिषयलाई गम्भिर रुपले लिएर अगाडी बढ्न आग्रह गरे । यो अभियानलाई पूर्णता दिन वडाध्यक्ष राजकुमार विकको अध्यक्षतामा १२ सदस्य वडास्तरिय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको समेत गठन गरिएको छ ।
स्थानीय महिला सदस्य, दलित महिला सदस्य, विद्यालयका प्रतिनिधी समेत सहभागी समितिले पोषण र जिरो होम डेलिभेरीको क्षेत्रमा काम गर्ने सुआहाराका फिल्ड संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिए ।
यो समितिले प्रत्येक गर्भवती महिलाको तथ्याङ्क संकलन, गर्भवती महिलाको घरमा हरियो झण्डा राख्ने लगायतका कामहरु गर्ने र सवै सुचक पुरा भएपछि जिरो होम डेलिभेरी वडा घोषणा गरिने स्वास्थ्य संयोजक बसन्तराज भुसालले बताए ।
गर्भवती महिलाको पहिचान हुने, त्यो संगै गर्भवतिले पाउने सेवा–सुविधा तथा गर्भ जाँच गराउन सबैले प्रेरित गर्ने उदेश्यले हरियो झण्डा टाँसिएको भुसालले जानकारी दिए । मालिका गाउँपालिकाले गत बर्षदेखि नै जिरो होम डेलिभेरी अभियान संचालन गरेको छ ।
वडा नम्बर ६ अर्जैबाट सुरु भएको यो अभियान अव ह्वाङ्गदीसंगै अर्खबाङ्ग र घमिरमा संचालन गरिने छ । यो बर्ष नै अर्जैलाई जिरो होम डेलिभेरी वडा घोषणा गर्ने तयारी भइरहेको गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend