logo
  • सोमबार, असोज १२ २०८३

त्रिभुवन माविमा नतिजा प्रकाशन


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

कमल पौडेल, बागलुङ माघ ११।
त्रिभुवन नमुना माध्यमिक विद्यालय बडिगाड गाउँपालिका वडा नं. २, खर्वाङमा आज एक कार्यक्रमका विच अंग्रेजी माध्ययम तर्फको तेश्रो त्रैमासिक परीक्षाको नतिजा सार्वजनिक गरिएको छ ।

पौस २५ गते देखि भएको परीक्षाको नतिजा प्रकाशन गरिएको हो । कार्यक्रमममा प्रत्येक कक्षामा प्रथम द्धितिय तथा तृतिय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ।

कार्यक्रममा नेपाली माध्ययम तर्फको अर्धवार्षिक परीक्षामा प्रथम, द्धितिय तथा तृतिय भएका विद्यार्थीहरुलाई पनि पुरस्कृत गरिएको थियो।

कार्यक्रम विद्यालय व्यावस्थापन समितिका सदस्य दुर्गा अर्यालको अध्यक्षता, प्रधानाध्यापक ढालमणि भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक वुद्धिवल चालिसेको सञ्चालनमा सम्पन्न भएको थियो।

विद्यालयमा कक्षा नर्सरी देखि कक्षा ९ सम्म अंग्रेजी माध्ययम, कक्षा ४ देखि १२ सम्म नेपाली माध्ययम तथा कक्षा ९ वाट प्राविधिक धार तर्फ कृषि वालि विज्ञान विषयमा शिक्षण हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend