साझा नेटवर्क

हरि कुँवर
अर्घाखाँची, माघ १० गते । बैदेशिक रोजगारीबाट फर्किएका कतिपय युवा पुनः नफर्कने गरी जिल्लामै सङ्गठित हुन थालेका छन् । युवालाई स्वदेशमै रोक्ने प्रयासस्वरुप सरकारले वैदेशिक रोजगारीबाट फर्केकालाई लक्ष्यित गरी ल्याएको कार्यक्रमसँगै अर्घाखाँचीका युवा जिल्लामै सङ्गठित हुन थालेका हुन ।
आउदो सनिश्चवार साथी होटलमा भेला भइ कार्यसमिति गठन गरिने भएको छ ।अर्घाखाँची साखा सयोजक वसन्त केसी , राजेन्द्र जिसी र लिला बराललाई जिम्मा दिएको छ । एक महिना भित्रै गठन गरि प्रत्येक नगरपालिका गाउँपालिकामा संस्था लाई कार्यनीतिमा ल्याउनु पर्ने अध्यक्ष उत्तम अधिकारीले बताएका छन ।
चालू आर्थिक वर्षको बजेटमा बैदेशिक रोजगारबाट फर्किएकालाई व्यवसाय सञ्चालनका लागि १० लाख रुपियाँसम्मको कर्जा दिने व्यवस्था गरिएको थियो । बजेटमा भएको त्यस व्यवस्थालाई कार्यान्वयन गर्न सरकारले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ मा वैदेशिक रोजगारीबाट फर्केकाहरूलाई समेटिएको छ ।

विदेशबाट फर्केका युवालाई उनीहरूको ज्ञान तथा सीपसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न परियोजना धितोमा लिई बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्ने व्यवस्था मिलाइएको हो । बोर्डबाटै वैदेशिक रोजगारीका क्रममा विभिन्न सीप सिकेर प्रमाणपत्र नभएका युवाको सीप परीक्षण गरी प्रमाण पत्र दिने कार्यक्रम पनि सुरु गरिएको छ । सरकारले वैदेशिक रोजगारीको क्रममा विभिन्न सीप आर्जन गरी स्वदेश फर्केका युवाको सीप परीक्षणको व्यवस्था मिलाएको हो । पहिलोपटक सुरुभएको यस कार्यक्रमले वैदेशिक रोजगारीमा सिकेको सीप परीक्षणमा उत्तीर्ण हुनेलाई सम्बन्धित सीपको प्रमाणपत्रसमेत दिने व्यवस्था मिलाएको अध्यक्ष उत्तम अधिकारीले बताए ।
हरि कुँवर सङ्ग कुरा गर्दै “साङ्गठनिक अभियानमा बाहिर दौडिरहेका छौं, सञ्जाल विस्तार गर्ने क्रम चलिरहेको छ । धेरै साथीहरू सङ्गठित हुनका लागि आतुर हुनुभएको छ । हामी फोन धान्नसमेत सकिरहेका छैनौं ।”
रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीको भनाइ रहेको थियो । स्वदेश फर्केकाको सीप, अनुभव र पुँजीलाई राज्यको समृद्धि प्राप्ति र स्वयं व्यक्तिको आर्थिक विकासमा टेवा पुयाउन संस्थामार्फत्सङ्गठित भइरहेको रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारीले जानकारी गराए ।
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको विशेष पहलमा बैदेशिक रोजगारबाट फर्किएकाहरुलाई पुनःस्थापना कार्यक्रम ल्याइनुपर्ने सम्बन्धमा पनि पहल सुरु भएको जानकारी दिँदै अध्यक्ष अधिकारीले भने “विदेशबाट फर्किएका तर आफ्नै पूँजी लगानी गर्न नसकेर भौतारिएका श्रमिकलाई सीप र क्षमताअनुसारको रोजगारीको व्यवस्था गर्नहामीले छलफल र परामर्श गरिरहेका छौं। एक जनाले कमाएर पाँच जनाले खाने घर-घडेरी, फोन, जाड रक्सीमा लगानी भएको अब पुँजीलाई लगानी र उत्पादनमा जोड्न खोजिरहेका छौं । सम्पुर्ण युवा शक्ति र पुँजीलाई एकीकृत गरि लगानी गर्ने सोचमा छौं ।” उनको भनाइ रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend