साझा नेटवर्क
अनिल खत्री, गुल्मी माघ ७ ।
गुल्मीमा ट्याक्टर दुर्घटना हुदा ५ जना घाइते भएका छन् भने ३ को अबस्था गम्भीर रहेको छ । जिल्लाको इस्मा गाउँपालिका १ मा लु २ त८४४४ नम्बरको ट्याक्टर दुर्घटना हुदा चालक सहित पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।
सोमबार साझ तम्घास सिमलटारि सडकमा काम गरेर फर्किने क्रममा इस्माको छल्दी स्थित भराह भन्ने स्थानमा दुर्घटना परेको हो ।
दुर्घटना परेर गम्भीर घाइते हुनेहरु चालक गुल्मी जिल्ला धुर्कोट गाउँपालिका ४ का २२ वर्षको बिकास नेपाली , रोल्पा सुनिल स्मृति गाउँपालिका ७ बस्ने २१ वर्षको सुरज रोक्का मगर , सोही ठाउँ का २० वर्षका मंगल रोक्का मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रोल्पा कै २३ वर्षका रुपेन्र्द बिक , १५ वर्षका मनिराम रोक्का मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको तम्घास अस्पतालमा उपचार हुँदै छ ।
दुर्घटनामा परेर घाइते हुनेहरु तम्घास सिमलटारि सडकमा काम गर्ने लेबर रहेका छन् । दुर्घटनामा परेको ट्याक्टर सडकबाट करिव ४० तल खसेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेहरुको पाल्पा लैजाने तयारी रहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend