साझा नेटवर्क

पुजा भुसाल,प्यूठान माघ ७ ।
मुक्ति माध्यामिक विद्यालय रातामाटा प्यूठानमा जिल्ला स्तरीय अन्तर मा.वि हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । मुक्ति माध्यामिक विद्यालय अन्तरगत नेपाल युवा रेडक्रस सर्कलको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो । नेपाल रेडक्रस साेसाइटि प्युठान शाखाका अध्यक्ष गुमानराज पुलामिकाे प्रमुख अातिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा विद्यालय व्याबस्थापाना समितिका अध्यक्ष दिनेश कार्कीको अध्यक्षता रहेको थियो । जिल्ला भरबाट १७ विद्यालयहरुकाे सहभागीता रहेको हाजिरी जवाफ प्रतियोगितामा प्रथम जनता माध्यमिक विद्यालय लुक्का,द्दीतीय धर्माेदय मा.वि जावुने,तृतीय माण्डवी मा.वि नयाँगाउँ र सान्त्वना मुक्ति मा.वि रातामाटा भएका छन् । विजयी टिमले क्रमश :६ हजार,४ हजार ५ सय,३ हजार र १ हजार ५ सय नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । कार्यक्रमलाई फुलबारी वचत तथा ऋण सहकारी संस्था लिमिटेड प्युठानले प्रायोजन गरेको थियाे । भने कार्यक्रमकाे सञ्चालन मुक्ति मा.वि रातामाटाका शिक्षक तथा रेडक्रसका प्रतिनिधि सुशील पाेख्रेल ले गर्नु भएको थियाे ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend