logo
  • सोमबार, असोज १२ २०८३

सिसाखानी मा.बि.मा शिक्षकको लार्पबाही , १२ बजे शिक्षक स्कुल आउँने , प्रशासनलाइ अटेर गरेको ठहर ।


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

हेम विश्वकर्मा, बागलुङ माघ ५ ।
जिल्लाको बडिगाड गाउँपालिका वडा नं ३ मा अवस्थित सिसाखानी मा.बि जहाँ कक्षा १० सम्म अध्ययन हुने गर्दछ । बि.स २०१६ सालमा स्थापना भएको उक्त बिद्यालयमा १४ जना शिक्षक , एक कार्यलय सहायोगी र झन्डै ३५० जना बिद्यार्थी रहेका छन् ।

भौगोलिक हिसाबले दुर्गम मानिने सिसाखानीमा बिद्यालय जानका लागी टाढा रहेकाले ट्युसन कक्षा लिनका लागि बिद्यार्थीहरु विहान ५ बजे देखिनै झोला बोकी हिड्ने गरेका छन् । तर सोही बिद्यालयका केही शिक्षक भने १२ बजे झोला बोकेर स्कुल आउँदै गरेको भेटाइएको छ ।
पुर्ब प्रद्यानाध्यापक समेत रहेका लोकेन्द्र घर्ति लाई यसरी भेटाइएको थियो । यस बिषयमा बिद्यालय प्रसासन बि.ब्य.स अध्यक्ष नर बहादुर प्रतेलसँग जिज्ञासा राख्दा प्रसासनको नियम नमानी शिक्षकहरुले आफुखुसी गर्ने र प्रध्यानाध्यपक माथी कुरा उठाउँदै कर्मचारीको ब्यबस्थापन स्वयम प्र.अ ले गर्नुपर्ने बताउँदै आफु पन्छिने जबाफ दिएका छन् । यस बिषयमा बिशेष भुमिका बिद्यालय ब्यबस्थापन समितिकै हुनुपर्ने हो तर समिति मौन बस्नाले दिनानुदिन बिद्यार्थिको भबिश्यमा नकरात्मक असर पर्ने देखिएको छ ।

उता बडिगाड गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष एबम् बडिगाड गाउँपालिका शिक्षा तथा स्वास्थय संयोजक समेत रहेका खड्क पुन सँग कुरा गर्दा उनको पनि जवाफ उस्तै थियो “शिक्षकहरु आफ्नै मनोमानी गर्छन बिधार्थी र बिद्यालय कसरी अगाडी बढाउने भन्ने बिषयमा चिन्ता कसैलाइ पनि छैन , उनले भने प्रसासनको नियमलाइ उल्लङ्घन गर्छन ।” यस बिषयमा आफु र वडा को कुनै पनि कुरा सुन्न चाहानन् ।

केही समय अगाडी बिद्यालय अनुगमनको क्रममा केही शिक्षकहरु गाउँपालिकाको रहोवरमा कार्वाहीमा समेत परेका थिए । यस बिषयमा थप बोल्दै वडा अध्यक्ष पुनले बिधालय चलाउन प्रध्यानध्यापक एक्लैले सम्भब नरहेकाले बिद्यालयका समग्र शिक्षक , विद्यार्थी , अभिभाबक , विव्यस समिति सबैको उतिकै साथ सहयोग चाहिने तर सिसाखानी मा.बि मा त्यो नभई , शिक्षकहरु आफुखुसी बिद्यालय आउने प्रध्यानाध्यापकको कुरा वास्ता समेत नगर्ने गर्दा सयौँ वालवालिका गुणस्तरिय शिक्षा बाट बञ्चित हुन परेको दुःख ब्यक्त गरेका छन् ।

उता बिधालयका प्रद्यानाध्यापक होम बहादुर घर्तिले सो शिक्षकको पहिलो बिषय त्यति बेला बाटै सुरु हुने भएकाले त्यो समयमा बिद्यालय आएको बताए । साथै बिधालयमा बिभिन्न किसिमका समस्या रहेको , सबैबाट राम्रो साथ सहयोग नभएकाले बिद्यालयको स्तरउन्नति हुन नसकेको प्रध्यानाध्यापक घर्तिले जानकारी दिएका छन् ।

यसरी बिद्यालय कतिदिन चल्ने ? शिक्षकहरु दिन कटानी , माना चटानी , गर्नका लागि मात्रा बिद्यालय आउने होकी कयौँ बिद्यार्थीको भविश्य उज्ववल बनाउनको लागि ? यस विषयमा प्रसासन गम्भीर हुन जरुरी देखिन्छ । साबिकका वडाहरुमा जिल्लाकै नमुना विद्यालय हुँदा सम्म पनि सिसाखानीमा पल्स टु सञ्चालन हुन नसक्नु दुखद बिषय बनेको छ । भएको कक्षा १० सञ्चालनमा समेत यसरी शिक्षकको लार्पवाही हुँदै जाने हो भने बालबालिकाको भविश्य कुन दिशा तर्फ जान्छ ? समयमै सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend